मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

मेचीनगरमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक घाइते

देश प्रदेश डेस्क 5476+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

                                                                                                                           त्रसाङ्केतिक तस्वीर

झापा झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

गएराति ८.३० बजे मेचीनगर नगरपालिका वडा नं.१३ कालिझोडास्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.६ प. ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा पैदलयात्री हाल नाम थर वतन नखुलेका अन्दाजी बर्ष ३५–३६ का पुरुष घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति १०.३५ बजे मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनगर ९ बस्ने अन्दाजी बर्ष २९ का मन्दिप मेचे र सोही ठाउँ बस्ने अन्दाजी बर्ष २५ का सागर मेचेसमेत घाइते भई बीएण्डसी अस्पतालमै उपचार भइरहेकोमा सागर मेचेको आज दिउँसो २.५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्का घाइते मन्दिप मेचेको अवस्था सामान्य रहेको जनाइएको छ । सो सम्बन्धमा टोली खटिएर थप अनुसन्धान कार्य जारी रहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार