मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

एमाले नेता बस्नेतको कार्यक्रममा अवरोध गर्ने चेतावनी, सुरक्षा व्यवस्था कडा

देश प्रदेश डेस्क 5351+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

झापा पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत आउने कार्यक्रममा झडप हुने संभावना बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई उद्घाटन गर्न बस्नेत आउन लागेका हुन् । उनीसंगै युवा संघका अध्यक्ष क्षितिज थेबे पनि आउने भएका छन् । राजधानीको एक होटलमा बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईलाई कालोमासो दलेपछि प्रसाई पक्षधरहरुले बस्नेतलाई टार्गेट बनाएका छन् । प्रसाईले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने चेतावनी दिएका छन् ।

त्यस्तै प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पनि बस्नेतको कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएको छ । बस्नेतको कार्यक्रममा कालो झण्डासहित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका सदस्य सचिव सेसेहाङ् फियाक लिम्बूले बताए ।

बस्नेतको कार्यक्रममा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।‘ अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा व्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रशरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । बढ्दो असुरक्षाका कारण बस्नेतलाई ल्याउने कार्यक्रम आयोजकले स्थगित गर्न लागेका थिए । तर, त्यसबाट एमाले डराएको सन्देश जाने भएकाले बस्नेतलाई ल्याएरै छाड्ने अडानमा पार्टी पुगेको हो । दुर्गा प्रसाई र पहिचानवादीहरुलाई आफूहरुको कार्यक्रममा अवरोध नगर्न भनेर आग्रहसहितको चेतावनी दिइएको एमाले अर्जुनधाराका नगर सचिव लवकुश गौतमले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार