मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

जलथल वनमा प्रांगारिक मल उत्पादनः मिचाहा प्रजाति नियन्त्रणसंगै आयआर्जन

देश प्रदेश डेस्क 5351+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

झापा जैविक विविधता व्यवस्थापन कार्यक्रमअन्तर्गत प्रांगारिक मल उत्पादन प्रभावकारी सावित भएपछि जलथल वनका उपभोक्ताहरु मिचाहा प्रजाति नियन्त्रणमा अग्रसर देखिएका छन् ।

मिचाहा प्रजातिबाट प्रांगारिक मल उत्पादन गरी त्यसबाट आयआर्जन गर्न सकिने भएकाले मिचाहा प्रजाति व्यवस्थापनमा उपभोक्ताहरुको रुची बढेको हो । त्योसंगै प्रांगारिक मल उत्पादनबाट अर्गानिक खेतीमा प्रोत्साहन र माटो सुधार हुने भएपछि उपभोक्ताहरुमा उत्साह थपिएको छ।

जैविक , भौगोलिक , पारिस्थितिकीय प्रणाली तथा पर्यावरणीय र स्थानीय जीविकोपार्जनका हिसाबले महत्वपूर्ण हुँदाहुँदै जलथल वनको उचित व्यवस्थापन हुन नसकेपछि २०७६ असारदेखि जलथल जैविक विविधता कार्यक्रम संचालन गरिएको छ । त्यसअन्तर्गतको एउटा क्रियाकलाप मिचाहा प्रजाति व्यवस्थापन शुरु भएसंगै जलथल वनमा वन व्यवस्थापनमा आधारित आयआर्जनका विभिन्न कार्यक्रम संचालन गरिएका छन् । त्यसमध्ये प्रांगारिक मल उत्पादन भरपर्दो सावित भएको छ ।

प्याङ्ग्री लहरा , वनमाराजस्ता मिचाहा प्रजातिलाई हटाउने , तिनको लहरा र झ्याङ्गलाई प्रांगारिक मल बनाउने कार्यबाट धेरै फाइदा मिलेपछि प्रांगारिक मल उत्पादन कार्यक्रम विस्तार हुँदै गएको छ । जलथलको दियालो , विशाल , दशरथपुर , कमलधाप रामपोखरी, पाथीभरा, पाथीभरा कालिका र हरियाली सामुदायिक वनले प्रांगारिक मल उत्पादन गर्दै आएका छन् ।

प्रांगारिक मल उत्पादनका लागि सहकार्य गर्न भद्रपुर नगरपालिका पनि तयार भएको छ । भद्रपुर नगर क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरुसंग वनको दीगो पुनस्र्थापना र जैविक विविधता संरक्षणका लागि नगरपालिकाले सहकार्य गर्ने भएको हो । जलथल वनमा भद्रपुर नगरपालिकाअन्तर्गत विभिन्न ६ वटा सामुदायिक वन रहेका छन् । दशरथपुर ,दियालो , बिशाल , कमलधाप , मायालु र कालीमन्दिर सामुदायिक वन रहेका हुन् । ती वनहरुले १३४० हेक्टर क्षेत्रफल ओगटेका छन् । ती वनहरुमा प्रांगारिक मल उत्पादनका लागि नगरपालिकाले कार्ययोजना बनाएर काम गर्ने नगर प्रमुख गणेश पोखरेलले बताए । एउटा सामुदायिक वनले एक सिजनमा १० देखि १५ टन प्रांगारिक मल उत्पादन गर्दै आएको फरेष्टएक्सन नेपालका फिल्ड अधिकृत रविन्द्र पुन मगरले बताए । जुन मल प्रतिकिलो ६ देखि १० रुपैयाँसम्म बिक्री हुन्छ । मगरका अनुसार केही सामुदायिक वनले विभिन्न कृषि फर्महरुलाई उत्पादित मल बिक्री गर्ने गरेका छन् भने केहीले आफ्नै उपभोक्ताहरुलाई वितरण गर्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार