मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

ढाकामा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

                                                                साकेतिक तस्वीर

एजेन्सी । बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । बंगलादेशको ढाकास्थित एउटा  भवनमा  आगलागी भएपछि  उपचारका लागि अस्पतालहरुमा पठाइएकोमा उनीहरुलाई मृत घोषणा गरिएको बंगलादेशका स्वास्थ्य मन्त्रीले बताएका छन् ।
सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ । दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा आगलागी भएको थियो । पछि भवनभरि नै आगो फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो भवनमा अन्य धेरै रेस्टुरेन्ट, कपडा र मोबाइल पसलहरू पनि रहेका छन् । आगलागी नियन्त्रणमा लिएर घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै