मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापामा विभिन्न स्थानमा डुबेर पाँचजनाको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ आषाढ २०८३, बिहीबार

झापा ।  झापामा असार १८ गते विहानसम्म  विभिन्न स्थानमा डुबेर पाँचजनाको मृत्यु भएको छ । खोला, नाला तथा खेतको हिलोमा डुबेर उनीहरुको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असार १८ गतेसम्म झापाका कनकाई, मेचीनगर, गौरीगञ्ज, हल्दिबारीमा नाबालकदेखि वृद्धको डुबेर मृत्यु भएको हो ।

आज झापाको हल्दिबारीमा अनुहार हिलोमा गाडिएको अवस्थामा बिर्तामोडका एकजना व्यक्ति मृत फेला परेका हुन् । हल्दिबारी २ कलाधरबस्तीस्थित हल्दिबारी–बिर्तामोड सडकको छेउमा जोतेको खेतको हिलोमा बिर्तामोड ९ बस्ने ४९ वर्षीय होमप्रसाद सुवेदी मृत फेला परेका हुन् ।आज बिहान ५ः२० बजे साइकलसहित अनुहार गाडिएको अवस्थामा उनी मृत भेटिएका हुन् । मृतककी छोरी हल्दिबारी २ बस्ने योगमाया सुवेदी भट्टराईले शवको पहिचान गरेकी थिइन् ।

त्यस्तै, असार १६ गते झापाको मेचीनगरमा कुलोमा डुबेर एकजना भारतीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारत आसाम स्थायी घर भई झापाको मेचीनगर–७ गोमनसरी आसपास बस्दै आएको ५० वर्षीय सञ्जय सोरेन रहेका छन् ।

असार ६ गते बिरिङ खोलाको पानीमा डुबेर कनकाई–१ बस्ने कुलबहादुर रसाइलीकी पाँच वर्षीया छोरी सोनिया रसाइलीको बिरिङ खोलाको पानीमा डुबेर मृत्यु भएको हो ।

त्यस्तै, असार ४ गते दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नम्बर ७ इटाभट्टास्थित निर्माणाधीन एसियन हाइवेको किनारमा जमेको पानीमा डुबेर स्थानीय ६० वर्षीय गणेश बस्नेतको मृत्यु भएको थियो ।

असार ३ गते राति गौरीगञ्ज–२ बाहुन टोल बस्ने ६० वर्षीय रवि सोरेनको आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिणमा रहेको सडकको नालीको पानीमा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार