मुख्य समाचार
भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर |

११ करोडभन्दा बढी बिर्तामोड नगरपालिकाको रकम फ्रिज

देश प्रदेश डेस्क 5354+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

झापा बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०८०–०८१ मा ११ करोडभन्दा बढी रकम फ्रिज भएको छ । खर्च हुन नसकी ११ करोड ३७ लाख ८६ हजार रुपैयाँ फिर्ता भएको हो ।

पुँजीगत , चालु , वित्तीय र स्थानीय गरी समग्रमा १ अर्ब ३१ करोड ७४ लाख ५१ हजार रुपैयाँ बजेट रहेकोमा १ अर्ब २ करोड ६७ लाख ५६ हजार रुपैयाँ खर्च भएको देखिन्छ । जुन ७७.९३ प्रतिशत हो । खर्च गर्न नसकेको संघ र प्रदेश सरकारको सशर्त , समपूरक र विशेष अनुदान फिर्ता गएको नगरपालिकाका लेखा अधिकृत तेजिन्द्र तामाङले बताए ।

२०८०–०८१ को खर्चलाई हेर्दा पुँजीगततर्फ ६९.४१ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ ६६ करोड ४ लाख ४० हजार रुपैयाँमध्ये ४५ करोड ८४ लाख २५ हजार रुपैयाँ खर्च भएको हो । त्यस्तै चालुतर्फ ६४ करोड २१ लाख ९ हजार रुपैयाँमध्ये ५५ करोड ४९ लाख २८ हजार रुपैयाँ खर्च भएको छ । जुन ८६.४२ प्रतिशत हो । त्यस्तै वितीयतर्फ १ करोड ४९ लाख १ हजार रुपैयाँमध्ये १ करोड ३४ लाख १ हजार रुपैयाँ खर्च भएको छ । जुन ८९.९३ प्रतिशत हो ।

बुट्टावारी–प्याकुरेल चोक सडकको ४ करोड ८७ लाख , सुन्दर सामुदायिक भवन अधुवा खोला पक्की पुल डीपीआरसमेतको २ कारेड ५० लाख , मातृ शिशु कार्यक्रमको ७७ लाखलगायतका योजनाको बजेट फ्रिज भएको लेखा अधिकृत तामाङले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार