शुक्रराजका २३७ जना विद्यार्थीहरुले पाए स्कुल जुत्ता

देश प्रदेश डेस्क 5096+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

झापा । बिर्तामोड ८ स्थित शुक्रराज आधारभूत विद्यालयका बालबालिकाहरुले स्कुल जुत्ता पाएका छन् । बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीको अग्रसरतामा विपन्न वर्गका विद्यार्थीहरु अध्ययनरत सो विद्यालयका २३७ जना बालबालिकाहरुलाई स्कुल जुत्ता वितरण गरिएको हो । निम्न आर्थिक अवस्थाका कारण अधिकांश विद्यार्थीहरु खाली खुट्टा र चप्पलमा आउने गरेकाले उनीहरुलाई वडा कार्यालयको बजेटबाट स्कुल जुत्ता वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । वडा कार्यालयले शुक्रराज आधारभूत विद्यालयका बालबालिकाहरुलाई जुत्ता उपलव्ध गराउन ९५ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

वडाध्यक्ष कार्कीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु सोयालाल राजवंशी , इन्दिरा पाण्डे , अग्निप्रसाद सिटौला , लक्ष्मी नेपाली, विद्यालयका प्रधानाध्यापक साेमादेवी दुलाल ,शिक्षक अभिभावक संघका अध्यक्ष रणवीर बराल,अभिभावक , शिक्षकलगायतको सहभागिता रहेको थियो ।

कक्षा शिशुदेखि ८ सम्म अध्ययन हुने त्यस विद्यालयका विद्यार्थीहरु जुत्ता पाएपछि हर्षित भएका छन् । वर्षेनि विपन्न ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्दै आएको बिर्तामोड ८ को वडा कार्यालयले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको वडाध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार