मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

बाढीपहिरो पीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

देश प्रदेश डेस्क 5469+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

झापा / आज बसेकाे मन्त्रीपरिषद्काे वैठकले असाेज १८ र १९ गते परेकाे भिषण वर्षाका कारण घरबार विहिन भएका नागरिकहरुलाई राहत स्वरुप आवसा निर्माणका लागि ५० हजार रुपाैंय दिने निर्णय गरेकाे छ ।

मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले   विपद् प्रभावितको राहत कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका तत्काल गरिने कार्यहरू तय गरेकाले साे रकमकाे व्यवस्था गरेकाे बताए ।

राहत वितरणको सम्बन्धमा प्राधिकरणको मापदण्ड अनुसार नै काम गर्ने निर्णय भएको र बाढीपहिरोमा परी मृत्यु भएका, बेपत्ता भएका र घाइतेलाई दिने रकम पनि तत्काल निकासा गर्ने निर्णय भएको भट्टले  जानकारी दिए।

सडक तथा अत्यावश्यक सेवा सुचारु गर्ने सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय निकायहरूले सडक, खानेपानी, विद्युत्, सञ्चार लगायतका सेवा सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले सहयोग गर्ने निर्णय भएको पनि उनले जानकारी दिए।

भट्टले विपद्पछि महामारी फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसलाई नियन्त्रण गर्न सङ्घ सरकार र प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा पहल गरी आवश्यक काम गर्ने निर्णय भएको बताए।

साथै, इन्साराग (अन्तर्राष्ट्रिय खोज उद्धार मापदण्ड) अनुरूप सुरक्षा निकायलाई आवश्यक तालिम र पूर्वाधार व्यवस्थापन गर्ने निर्णय भएको पनि उनले उल्लेख गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार