मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

हितेन्द्रदेव शाक्य पुनः प्राधिकरणकाे कार्यकारी निर्देशक

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२५ मंगशिर २०८२, बुधवार

झापा / गत असाेज ५ गते बसेकाे मन्त्री परिष्दकाे बैठकले तत्कालिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्दैशक हितेन्द्रदेव शाक्यलाई हटाएकाे थियाे भने सर्वाेच्च अदालतकाे आदेश पछि पुनः प्राधिकरणकाे कार्यकारी निर्देशक सम्हाल्ने भएका छन् ।

शाक्यले आफूविरुद्ध गरिएको निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार सरुवा तथा हटाउने निर्णय बदर गरी शाक्यलाई पूर्वस्थितिमा पुनर्स्थापना गर्न आदेश दिएको थियो।

गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाई जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गरेको थियो। उक्त प्रस्ताव ऊर्जामन्त्री कुलमान घिसिङमार्फत मन्त्रिपरिषद्‍मा पेस भएको थियो।

अदालतले शाक्यलाई हटाउने प्रक्रियामा कानूनअनुसार अपनाउनुपर्ने विधि र आधार अवलम्बन नभएको ठहर गर्दै ऊर्जामन्त्री घिसिङद्वारा गरिएको प्रस्तावलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ समेत घोषित गरेको थियो। अदालतको आदेशमा कार्यकारी निर्देशक हटाउने विषय प्राधिकरणको विनियमावली, २०६१ तथा कार्यसम्पादन सम्झौतामा आधारित प्रक्रियाअनुसार मात्र गर्न सकिने उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार