मुख्य समाचार
श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या |

वैदिक सनातन धर्म संरक्षण समिति भद्रपुरद्धारा ५१ पिण्ट रगत संकलन

देश प्रदेश डेस्क 5353+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

झापा सधैभरी कर्मकाण्डमा व्यस्त रहने कर्मकाण्डी ब्राम्ह्ण आज भने एक सामाजिक कार्यमा व्यस्त देखिएका छन् । पण्डित,गुरु पुरोहित दान मात्र लिन्छन् तर, दान दिदैनन भन्ने जनमानसमा आउने केही भनाइहरुलाई झापाली कर्मकाण्डी ब्राम्हणले भद्रपुरमा ५१ पिण्ट रगत सङ्कलन गराएर महादान कार्य सम्पन्न गरेका छन् ।
आउँदै गरेका विभिन्न चाड पर्वका समयमा हुनसक्ने घटना लगायत विरामीहरुलाइ मध्यनजर गरी रगतको अभाव हुननदिन वैदिक सनातन धर्म संरक्षण समिति भद्रपुरले झापामा नै पहिलो पटक वुधबार भद्रपुर १० धनुषमोड चोक स्थित दुर्गापाञ्चायन मन्दिरमा आयोजना गरेको बृहत्त रक्तदानमा ५ महिलासहित ५१ जनाले रक्तदान गरेका थिए ।
कर्मकाण्डी ब्राम्ह्ण पनि समाजको एक अभिन्न अङ्ग हो भन्ने सर्वसाधारणलाई जानकारी गराउनका लागि पनि यो सामाजिक कार्य गरिएको समितिले जनाएको छ ।
समितिका नगर अध्यक्ष नविन भट्टराईको सभापतित्व एवम नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको औचित्यमाथि सदस्य कमलनयन निरौलाले प्रष्ट पार्दै स्वागत मन्तव्य राखेका थिए ।

ओमकार ध्वनी सहित स्वस्तीवाचन गरेर उद्घाटन भएको कार्यक्रममा नगर प्रमुख पोखरेलले यो अत्यन्तै महत्वपूर्ण कार्यक्रम रहेको उल्लेख गर्दै नगरको साथ रहने बताए । त्यसैगरी उपमेयर राधा कार्कीले सनातन धर्म सङ्कटमा पर्दै गएकोले सवै एकजुट हुन आब्हान गरिन् ।

कार्यक्रममा वडाध्यक्ष मनोज सुब्बा, अभिषेक ढुङ्गना,समितिका जिल्ला अध्यक्ष राम ओझाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अतिथि, रगत दातासहित रेडक्रस सोसाईटी भद्रपुर शाखाको प्राविधिक कर्मचारीलाइ मायाको चिनो र प्रमाण पत्र वितरण गरिएको थियो । समितिका सहसचिव पिताम्बर अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
केही महिना अघि गठन भएको नगरले भद्रपुरका वडास्तरीय गठन,सदस्यता विस्तार लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निभाउदै आइरहेको छ ।

प्रतिक्रिया

सुरेश अधिकारी भद्रपुर १० १३ भाद्र २०८१, बिहीबार

वैदिक सनातन धर्म संरक्षण समिति द्वारा आज मिति २०८१ भाद्र १२ गते बुधबार का दिन भद्रपुर धनुषमोड दुर्गा पान्चायन मन्दिर मा आज दोश्रो पटक रक्तदान दिई आज सम्म जम्मा ४ पटक रक्तदान कार्यक्रम मा सरिक भइएछ । सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद । सुरेश अधिकारी भद्रपुर १०

१२ भाद्र २०८१, बुधवार

ॐ अति सुन्दर कार्यक्रम गरेको मा सबै सबै गुरूहरूमा नमन् श्री हरि राधे राधे ।।।।।।।।।।।।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार