मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

इटहरीमा श्रीमतीको हत्या आरोपमा शिक्षक पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

झापा / इटहरीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१का सुमन दाहाल रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।दाहालले आफ्नै २५ वर्षीया श्रीमती अनिशा भट्टराईलाई सोमबार साँझ हत्या गरेको आरोप छ ।

सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेका अनुसार अनिशा लोक सेवा आयोगको तयारीका लागि सुनसरीको इटहरी उपमहानगर-१२ मा डेरा बसिरहेकी थिइन्।

उनलाई भेट्न आएका सुमनसित घरेलु विषयमा झगडा परेको थियो। सोही निहुँमा सुमनले अनिशामाथि काठको बटमले टाउकोमा प्रहार गरेका थिए। श्रीमानको आक्रमणबाट गम्भीर घाइते अनिशालाई उपचारका लागि विराटनगर ल्याइएको र उपचार क्रममा उनको ज्यान गएको प्रहरी भनाइ छ।

‘उनी शिक्षक हुन् भन्ने खुलेको छ,’ थेबेले भने, ‘पाँच-छ वर्षको प्रेम सम्बन्धपछि गएको वैशाखमा उनीहरूको बिहे भएको रहेछ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार