मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत्

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२९ आषाढ २०८३, सोमबार

छड्के अनुगमनका क्रममा पहिलो पटक सुदूरपूर्वको झापाको काँकरभिट्टा नाका आइपुगेका गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मेचीनगरको जोरसिमलमा रहेको सशस्त्र प्रहरी बल नेपालको अस्थायी चेकपोस्ट तत्काल हटाउन निर्देशन दिएका थिए । यद्यपि गहमन्त्रीको आदेशको अवज्ञा गरी सो चेकपोस्ट अझै हटाइएको छैन ।

 अहिले पनि चेकजाँच निरन्तर चलिरहेको छ । उक्त चेकपोष्ट त्यहाँबाट हटाएर सीमा क्षेत्रमा व्यवस्थित रूपमा स्थानान्तरण गर्न स्पष्ट निर्देशन दिएका थिए । गृहमन्त्रीले अस्थाई चेकपोष्ट हटाउन निर्देशन दिएपनि सशस्त्र प्रहरीले निजी सवारीदेखि सार्वजनिक बसहरु समेतमा ब्यापक रुपमा चेकजाँच गेर यात्रुहरुलाई हैरानी दिइरहेका छन् ।

जोरसिमलमा सशस्त्रले चेकपोस्ट खडा गरी आम जनता, उपभोक्ता यात्रुहरूलाई हैरानी एवम् असहजता बनाउने काम गरेको भन्दै स्थानीयले अदालतमा निवेदन दर्ता गराएका थिए ।

मेचीनगरका स्थानीय सन्दीप खनालले यात्रुहरुलाई दुःख पाएको भन्दै उच्च अदालतमा मुद्दा दर्ता गरेपछि अदालतले तत्कालका लागि चेक पोष्ट बन्द गराउन आदेश दिएको थियो ।

उच्च अदालत विराटनगरको इजलासले अन्तरिम आदेश जारी गरेको थियो। २०७९ सालमा अदालतबाट यो आदेश आएको थियो । चेकपोस्टमा सुरक्षाकर्मीहरू आधारभूत सुविधाविहीन अवस्थामै बसेको पाएपछि मन्त्री गुरुङले त्यसलाई हटाउन निर्देशन दिएका थिए । जोरसिमलमा सशस्त्र प्रहरीको अस्थायी चेकपोस्ट हो । सुरक्षाकर्मीहरू जस्ताको टहरामा बसेका छन् । अवस्था भने निक्कै दयनीय छ ।

त्यही भएर यस्तो अवस्थामा प्रहरी राख्न नहुने भन्दैं झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सशस्त्र प्रहरी बल, नेपाल गण नं २ हे.क्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालगायतको टिमलाई चेकपोस्ट हटाउन गहमन्त्रीले निर्देशन दिएका थिए । गृहमन्त्रीले भने पनि सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशीले चेकपोस्ट हटाउन आनाकानी गरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार