मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

देउसी भैली खेलिरहेको स्थानमा बसले ठक्कर दिंदा दुई जनाको मृत्यु, ३३ घाईते

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-६, खिल्जीमा देउसी भैलो खेलिरहेका समुहलाई बसले ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ, ३३ जना घाईते छन्।

वडा नम्बर ५ र ६ को सिमाना जयठाँटीमा सोमवार बेलुका ना ३ ख २४७१ नम्बरको बसले देउसी भैलो नाचिरहेको स्थानमा ठक्कर दिएपछी घटना भएको हो । घटनामा २२ वर्षिय युवती तारा श्रेष्ठ र ७० वर्षिय रुनी खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख ९डिएसपी० चक्र बहादुर मल्लले जानकारी दिए ।

घाईते ३३ जनामध्ये गम्भिर रहेका ९ जनालाई लुम्बिनि प्रादेशिक अस्पताल बुटवल पठाईएको छ । उद्धारमा व्यस्त भएकाले घाईतेहरुको विवरण लिन नसकिएको डिएसपी मल्लले बताए । प्युठानबाट भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल हुँदा बाटोमा भैलो खेलि रहेको अर्को समुहलाई ठक्कर दिएको थियो ।

घाईतेमध्ये ९ जनाको अवस्था गम्भिर रहेको छ । ८ जनाको मध्यम र १६ जनाको अवस्था सामान्य रहेको अस्पतालका मेसु डा। जगन्नाथ तिवारीले बताए ।

प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार