मुख्य समाचार
पशुमा लाग्ने खोरेत रोग के हो ? कसरी बचाउने ? | कोशीमा वर्षा थपिने संकेत, केही स्थानमा भारी वर्षाको चेतावनी | कोशीमा ११ करोडको काठ थन्कियो, सरकारी मूल्यले बिक्रीमा समस्या | बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती |

प्रतिनिधिसभा निर्वाचन २०८२ मा निर्वाचन आयाेगकाे ५ अर्ब ३७ करोड खर्चः सुरक्षा बाहेक

देश प्रदेश डेस्क 5451+ समाचार ( )
५ चैत्र २०८२, बिहीबार

झापा / निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको जनाएको छ। 

आयोगले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयसँग ७ अर्ब ८१ करोड ५ लाख बजेट माग गरेको थियो। तर अर्थ मन्त्रालयले ६ अर्ब ७६ करोड ६६ लाख रकम निकासा दिएको थियो। 

आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाएसँगै खर्च पनि सार्वजनिक गरेको हो। जसअनुसार निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च भएको आयोगले जनाएको छ।  

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खर्चका हिसाबले मितव्ययी निर्वाचन भएको दाबी गरेका छन्। 

उनले प्रति मतदाता २ सय ८४ रुपैयाँ खर्च भएको बताए । 

‘हामी मितव्ययी निर्वाचन गर्न सफल भएका छौँ,’ भट्टराईले भने, ‘मतपेटिका संकलनदेखि सबै खर्चको हिसाब यही हो।’

तर निर्वाचन आयोगले सुरक्षामा भएको खर्चको हिसाब भने आयोगसँग नभएको जनाएको छ। निर्वाचनको सुरक्षाका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई पनि बजेट दिएको थियो। 

निर्वाचनका बेला प्रहरीलाई सवारी साधन भारतले दिएको थियो। त्यस्तै १ लाखभन्दा बढी निर्वाचन प्रहरीको तलब भत्ताका लागि चीनले पैसा दिएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार