झापा / कोशी प्रदेशमा आज पनि मनसुनी गतिविधि सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ भने एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा सडक यातायात प्रभावित हुन सक्ने र नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज देशभर नै मनसुनी वायुको प्रभाव रहेको छ। मौसम सामान्यतया बदली रहने तथा विभिन्न प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशमा भने हिमालीदेखि तराई क्षेत्रसम्म वर्षाको सम्भावना देखिएको छ।