मुख्य समाचार
संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा |

अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिई छठ पर्व मनाइदै

देश प्रदेश डेस्क 5352+ समाचार ( )
११ कार्तिक २०८२, सोमबार

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ ।

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार