पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार पक्राउ गरेको हो ।
महाराजगञ्जस्थित निवासबाटै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले पुष्टि गरेको छ । उनी १७ पुस २०७५ मा प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।
तर,पूर्वप्रधानन्यायाधीश जबरो जेनजीबाट थ्रेट आएकाले आफूलाई सुरक्षाका लागि भन्दै भद्रकाली ल्याएको जानकारी गराएका छन्। काठमाडौंको महाराजगञ्जस्थित घरबाट गएराति आफूलाई जेनजीबाट थ्रेट आएकाले सुरक्षाका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको जबराले बताएका हुन्।