मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

क्यान्सर रोग लागेर सम्पत्ति सकिएपछि आर्थिक सहयोगको अपिल

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा क्यान्सर रोग लागेर उपचारमा लाखौं रुपैयाँ खर्च गरिसकेका एक ब्यक्तिको परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।

क्यान्सर रोग लागेर आफ्नो भएको श्रीसम्पत्ति सकिएपछि झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ स्थित फारलाइनका क्यान्सर रोगी ४७ बर्षिय लोकबहादुर रायमाझीको परिवारले सवै समक्ष सहयोगको अपिल गरेका हुन् ।
बैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहँदा तीन बर्षअघि अल्सरको अप्रेशन गरेका लोकबहादुरलाई पेटको क्यान्सर भएपछि हाल भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारत रहेका छन् ।

पेटको समस्या भएर काठमाडौंको टिचिङ अस्पतालमा परिक्षण गराउँदा उनलाई क्यान्सर भएको गत माघमा पत्ता लागेको उनकी बुहारी सीता रायमाझी र मेनुका तामाङ(रायमाझी) ले जानकारी दिए ।
उनको उपचारमा हालसम्म २५ लाखबढी रुपैयाँ खर्च भइसकेको र अव ३० लाखबढी रुपैयाँ भए उनको ज्यान बच्ने उनका भतिज प्रज्वल रायमाझीले बताए । क्यान्सर रोगी लोकबहादुरकी एक १४ बर्षिया छोरी छिन् भने उनकी श्रीमती बिसुमाया राई हाल श्रीमानको उपचार र रेखदेखको लागि दिल्लीस्थित अस्पतालमै रहेकी उनका सालो जसु राईले जानकारी दिए ।

सामान्य परिवारका लोकबहादुरको उपचारमा भएको सवै सम्पत्ति सकिएपछि अहिले थप उपचारका लागि परिवारले झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको गंगामाया नगरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थालाई सहयोगका लागि गुहारेका छन् ।

गंगामाया नगरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष भूपाल बस्नेतले शुक्रवार क्यान्सर रोगी लोकबहादुरको उपचारमा आर्थिक सहयोग गरिदिन सवैमा आग्रह गरेका छन् ।

अध्यक्ष बस्नेतले आर्थिक संकलनका लागि बिभिन्न ठाउँमा स्थानीय युवाहरुलाई समेटेर समिति गठन गरेर आर्थिक संकलन गरिने बताएका छन् ।
लोकबहादुरलाई सहयोग गर्नेले उनकी श्रीमती बिसुमाया राईको नाममा रहेको सानीमा बैंक काठमाडौं शाखाको खाता नम्बर ००९०११०९००००९७९ मा सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार