मुख्य समाचार
नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी | एक करोडको लागतमा मेचीनगरमा अटिजम सेन्टर निर्माण हुने | खोटाङमा बाँदर आतङ्क सम्बन्धी अन्तरक्रिया सम्पन्न | आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा | निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौतीः नागरिकमाथि बढ्दो आर्थिक भार | केरा खेतीमा ३ करोड ६०लाख बराबरको क्षति | लागुऔषध नियन्त्रणमा भद्रपुर : नगरपालिका, युवा र अभिभावकको साझा जिम्मेवारी | झापाकाे दक्षिणी क्षेत्र चाैपाया तस्करका लागि मुख्य नाका | झापाको भद्रपुरमा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न | सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ जना घाइते |

खोटाङमा बाँदर आतङ्क सम्बन्धी अन्तरक्रिया सम्पन्न

भेषराज नेपाल 29+ समाचार ( )
१४ जेठ २०८३, बिहीबार

झापा / खोटाङमा बढ्दो बाँदर आतंक नियन्त्रण तथा किसानका बाली जोगाउने उपायबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा बाँदरका कारण मकै, कोदो, आलु लगायतका बालीमा क्षति बढ्दै गएपछि जिल्ला समन्वय समिति खोटाङले जेठ १३ गते सरोकारवाला निकाय, किसान तथा स्थानीय जनप्रतिनिधिबीच छलफल गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले बाँदर आतंकका कारण किसानहरू खेतीपाती गर्न निरुत्साहित बन्दै गएको बताएका थिए । उनीहरूले वन क्षेत्र नजिकका बस्तीमा विशेष समस्या देखिएको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा सहभागी ध्यानबहादुर राईले बाँदर धपाउनका लागि निश्चित तलब दिएर वर्षको ६ महिना हेरालु राख्न सकिने धारणा राखे ।

बाँदर लगायतका जंगली जनावर धपाउनका लागि हेरालु राख्ने उपयमा सहमत छन् किसान झमप्रसाद आचार्य । उनले वडा-वडामा बाली संरक्षण समिति गठन गरेर त्यसकै मातहतमा स्थानीय सरकारले हेरालु व्यवस्थापन गर्न सक्ने सुझाव दिएका छन् । झमप्रसादले हेरालुमार्फत बाँदरको निगरानी गर्ने र बालीनाली नजिक आएको बेला खेदाउन सकिने विकल्प अघि सारे ।

अन्तरक्रियामा वन कार्यालय, स्थानीय तहका प्रतिनिधि, किसान समूह तथा सरोकारवालाले बाँदर नियन्त्रणका लागि सामूहिक पहल, जैविक तथा प्रविधिमैत्री उपाय अपनाउने विषयमा सुझाव दिएका थिए । साथै प्रभावित क्षेत्रमा तत्काल राहत तथा संरक्षण कार्यक्रम सञ्चालन गर्न माग गरिएको थियो ।

स्थानीय किसानहरूले सरकारले प्रभावकारी नीति नल्याए कृषि उत्पादनमा अझ ठूलो असर पर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार