मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

NIC ASIA BANK चन्द्रगढी शाखाद्वारा १० लाखको बीमा रकम हस्तान्तरण

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२८ माघ २०८१, सोमबार

एनआईसी एशिया बैंक लिमिटेड, चन्द्रगढी शाखाले आफ्ना सेवाग्राहीलाई प्रदान गर्ने निःशुल्क घातक रोग बीमा अन्तर्गत झापा, मेचीनगर-५ निवासी श्रीमती धनमाया लावती श्रेष्ठलाई रु १० लाखको बीमा रकम हस्तान्तरण गरेको छ।

श्रीमती श्रेष्ठले एनआईसी एशिया बैंक, चन्द्रगढी शाखामा सर्वश्रेष्ठ बचत खाता खोली नियमित कारोबार गर्दै आउनुभएको थियो। यस खातामा संलग्न सेवाग्राहीहरूको सुरक्षाका लागि बैंकले घातक रोग बीमा सुविधा उपलब्ध गराएको छ। सोही सुविधा अन्तर्गत पाठेघरको क्यान्सर रोगको उपचार गराइरहनुभएकी श्रेष्ठलाई बीमा रकम प्रदान गरिएको हो।

बीमा रकम हस्तान्तरण कार्यक्रम २०८१ साल माघ २८ गते सोमबार चन्द्रगढी शाखामा आयोजना गरिएको थियो। कार्यक्रममा एनआईसी एशिया बैंक ,कोशी प्रदेश उपक्षेत्रीय कार्यालय ,बिर्तामोडका प्रमुख श्री डेनराज सुब्बा तथा एनआईसी एशिया बैंक ,चन्द्रगढी शाखाका शाखा प्रबन्धक श्री प्रबिण खड्काले संयुक्त रूपमा श्रीमती श्रेष्ठलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभयो।

एनआईसी एशिया बैंकले आफ्ना सेवाग्राहीहरूको वित्तीय सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न आकर्षक योजना र सुविधाहरू प्रदान गर्दै आएको छ। घातक रोग बीमा सुविधा पनि सोही प्रतिबद्धताको एक हिस्सा हो,जसले सेवाग्राहीहरूलाई कठिन परिस्थितिमा आर्थिक राहत प्रदान गर्न मद्दत गर्छ।

बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा नविनतम सेवाहरू उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार