मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

विर्तामाेडका वडाअध्यक्ष र कार्यपालिका सदस्यमाथि आक्रमण

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

झापा आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडामाथि आक्रमण भएपछि उजुरी दिएका हुन् ।

वडा नम्बर ७ कै देउनिया घाटमा मलामी घर निर्माणका क्रममा वडाअध्यक्ष खरेल र कार्यपालिका सदस्य खतिवडामाथि नेकपा माओबादी बिर्तामोड नगर कमिटी सचिब गणेश कालिकोटे, कार्यकर्ता नन्दु उप्रेती र दाताराम आचार्यले भौतिक आक्रमण गरेकाे उनीहरूकाे भनाइ छ ।

माओबादी कार्यकर्ता उप्रेतीले वडाअध्यक्ष खरेललाई छातीमा आक्रमण गरेको स्थानीयले बताए । कार्यपालिका सदस्य खतिवडालाई कालीकोटे र आचार्यले हातपात गरेका हुन् ।
नेकपा माओबादीका कार्यकर्ता होम आचार्यको सिमानासँग जोडिएको उक्त घाटमा आचार्यले नै अरुलाई उक्साएर तनाब सिर्जना भएको हो ।

माओबादी कार्यकर्ताहरुले मलामी घर निर्माणको विरोध गर्दै आएका छन् । ओइलेनी जग्गामा रहेको खाली झुप्रो घर हटाएर मलामी घर निर्माण गर्न लागेपछि उनीहरु आक्रोशित भएका हुन् । खाली झुप्रोका घरधनीलाई यस अघि नै नगरपालिकाले घर बनाइदिएर अन्यत्र सारेको छ । घाट निर्माणमा तनाब उत्पन्न भएपछि नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला पनि पुगेका थिए ।

मलामी घर निर्माणका लागि यस आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको र काम अघि बढाउँदा आक्रमण भएको वडाअध्यक्ष खरेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार