मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झापाकाे रतुवामाई जंगलमा मृत हात्ती फेला

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

झापा झापाकाे रतुवामाई जंगलमा जंगली हात्ती मृत अवस्थामा फेला परेकाे छ ।

गएराति कमल गाउँपालिका वडा नम्बर–३ मा रहेको रतुवामाई बृक्षरोपण आयोजनाको जंगलमा करेन्ट लागेर जंगली हात्तीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  । जंगली हात्तीले बिजुलीको पोलमा धकेल्दा हाईटेन्सन तारमा पर्न गई हात्तीलाई करेन्ट लाग्दा सुँड र एउटा दारा जली हात्तीकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

प्रहरी चौकी केर्खाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ र कानुनी प्रकृयाको लागि डिभिजन वन कार्यालय झापासँग समन्वय गरि घटनास्थलमा सव डिभिजन वन कार्यालय चुलाचुलीबाट टोली आइसकेको प्रहरीले जनाएको छ ।

यसअघि गत जेठ ७ गते झापा बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा रैथाने जंगली हात्ती मृत फेला परेको थियो ।
योसंगै यस आर्थिक वर्षमा झापामा तीनवटा जंगली हात्तीकाे मृत्यु भइसकेकाे छ । गत फागुन २९ गते कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अबस्थामा फेला परेको थियो ।

त्यस्तै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा चार जनाको ज्यान गइसकेको छ । गत आर्थिक वर्षमा जिल्लामा ४ वटा हात्ती मृत फेला परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार