मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

चन्द्रगढी सामुदायिक वनको अध्यक्षमा अनुज खतिवडा निर्वाचित

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

भद्रपुर-९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अनुज खतिवडा निर्वाचित भएका छन् । पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा खतिवडाले निकटतम प्रतिस्पर्धी चूडामणि मैनालीलाई ३२२ मतान्तर पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ७०६ मत ल्याएकोमा मैनालीले ३८४ मत ल्याएका थिए । 
१९९५ जना मतदाता रहेको समूहको सम्पन्न निर्वाचनमा १८५७ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी खतिवडा नेकपा एमालेको समर्थनमा प्रतिस्पर्धामा थिए भने निकट प्रतिस्पर्धी मैनाली राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा उत्रिएका थिए ।
अन्य अध्यक्षका प्रतिस्पर्धीहरूमा जेनजी युवाको समर्थन पाएका राजु बरालले २९९, काँग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार रहेका रमेशकुमार न्यौपानेले २५५ र एमालेबाट विद्रोहमा उत्रिएका पुण्यप्रसाद पोखरेलले ४७ मतमा रोकिनु परेको छ ।
यसैगरी उपाध्यक्षमा श्रीमन नारायण पौडेल ४७५ मतका साथ विजयी भए भने निकट प्रतिस्पर्धी ईश्वरीप्रसाद रिजालले ४३७ मत ल्याए । सचिवमा कमला शिवाकोटी ४९२ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी रूषा पोखरेल ३२५ मतमा रोकिएकी छिन् ।

त्यसैगरी सहसचिवमा बालकुमार राई ६१५ मतका साथ विजयी हुँदा युवराज ढकालले ४४९ मत ल्याएका छन् भने कोषाध्यक्षमा ४५५ मतका साथ मञ्जु खतिवडा अधिकारी निर्वाचित हुँदा मिरादेवी सन्जेल अधिकारीले ४४३ मत पाएकी छन् । त्यस्तै खुल्ला महिला सदस्यमा कल्पना दाहाल खतिवडा ७४७ र नूतन ढकाल ७३६ मतका साथ विजयी भएका छन् ।

६ वटा क्षेत्र रहेको समूहमा क्षेत्र नं २ को संयोजकमा एकराज भुजेल, सहसंयोजकमा चित्रकला गिरी, क्षेत्र नं ३ को संयोजकमा सूर्यबहादुर अधिकारी , सहसंयोजक सञ्जु चम्लागाई, क्षेत्र नं ४ को संयोजकमा रसत राजवंशी ,सहसंयोजक सरिता राजवंशी, क्षेत्र नं ५ को संयोजकमा तोयानाथ बास्तोला , सहसंयोजकमा निर्मला पोखरेल तथा क्षेत्र नं ६ को संयोजकमा केदारबहादुर अधिकारी र सहसंयोजकमा गीताकुमारी निरौला कोइराला निर्वाचित भएका छन् ।

९ नम्बर क्षेत्रमा संयोजक भीमबहादुर खवास र सहसंयोजकमा इन्दिरा शाही विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेकपा एमाले बहुमतमा देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसको पनि प्रतिनिधित्व रहन पुगेको छ ।

झापाको सदरमुकाम भद्रपुर नगरपालिकाको वडा नं। ९ र १० मा अवस्थित २३८३ घरधुरी र ४३०।५९ हेक्टरमा फैलिएको यो वन २६ वर्ष अगाडि समूहको स्वामित्वमा आएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार