मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

गृह मन्त्रालयका विष्ट प्रहरी नियन्त्रणमा

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२७ आषाढ २०८१, बिहीबार

झापा गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मानिस विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै गत असार २१ गते थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीलाई टेलिफोनबाट दबाब दिएको आरोप छ।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको संलग्नता खुलेको गृह मन्त्रालयले जनाएको छ।

गृहमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको भन्दै गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाएका थिए। तर उनले जागिर थमौतीका लागि भन्दै गृहमन्त्री लामिछानेलाई भेटेका थिए।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ। विष्टलाई मानब बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो। विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै