मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

इलामका प्रहरी इन्स्पेक्टर संजीब बोगटीे “उत्कृष्ट प्रहरी” घोषित

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

झापा वडा प्रहरी कार्यालय भद्रपुरबाट सरूवा भएर इलाम पुगेका प्रहरी इन्स्पेक्ट २०८२ सालको वैशाख महिनाको लागि “उत्कृष्ट प्रहरी” (Police of the Month) को रुपमा घोषणा गरिएको छ। जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी इन्स्पेक्टर  संजीब बोगटीलाई घाेषित गरिएकाे हाे ।

बाेगटीले लागूऔषध नियन्त्रण तथा जघन्य अपराध अनुसन्धानमा देखाएको अद्वितीय समर्पण, व्यावसायिक दक्षता र सफल कारबाहीको मूल्याङ्कनस्वरूप उनलाई सो सम्मान प्रदान गरिएको जनाइएकाे छ । बोगटीले इलाम जिल्लाका विभिन्न स्थानमा विशेष रणनीतिक अभियान सञ्चालन गरी लागूऔषधसहितका अभियुक्तलाई नियन्त्रणमा लिनुका साथै फरार रहेका अपराधीहरूलाई पनि पहिचान गरी पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

बोगटी अनुसन्धानमा खटिँदै जघन्य अपराधका रहस्य फेला पार्न सफल भएकाे उल्लेख छ । घटनामा संलग्न व्यक्तिहरूलाई वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धान प्रविधिको प्रयोग गरी कानुनी दायरामा ल्याउन उनले सफल प्रयास गरेकाे जनाइएकाे छ । जिल्ला प्रहरी कार्यालय इलामका एसपी  एकनारायण कोइरालाले बोगटीको कार्यसम्पादनप्रति प्रशंसा गरेका छन् ।  बोगटीले देखाएको साहस, लगनशीलता र निष्ठा प्रहरी संगठनको गौरव भएकाे उनले प्रतिकिया दिए । यस्ता कर्मठ प्रहरीकै कारण नागरिकमा प्रहरीप्रतिको विश्वास अझ मजबुत भएको उनकाे भनाइ छ ।

उत्कृष्ट प्रहरीको रुपमा घोषित भएपछि बोगटीले यो सम्मान आफ्नो लागि मात्र नभई सम्पूर्ण प्रहरी टोलीको सामूहिक प्रयासको फल भएको प्रतिक्रिया दिएका छन्।बाेगटी वडा प्रहरी कार्यालय भद्रपुरबाट केही महिना अघि सरूवा भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार