मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

मेरो मेचीनगर डटकम चौँथो वर्षमा प्रवेश

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

झापा । काँकडभिट्टामा मुख्य कार्यालय रहेको मेरो मेचीनगर डटकम तेस्रो बसन्त पार गरि चौँथो वर्षमा प्रवेश गरेको छ ।

हव डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित मेरो मेचीनगर डटकम अनलाइन न्यूज पोर्टलको तेस्रो वार्षिकोत्सव सोमबार बाहुनडाँगीमा मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव नवीन खरेलले मुलुकको पर्यटन प्रवद्र्धन र विकासका लागि सञ्चार माध्यमको भूमिका उल्लेखनिय रहने बताए ।

‘जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्राउन सकिने भएकाले त्यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ’,–उनले भने ।

हव डिजिटल मिडिया प्रालिका अध्यक्ष उदयकुमार श्रेष्ठले मेरो मेचीनगर अनलाइन आवाज विहिनहरुको आवाज र भुई मान्छेहरु देखिने थलो बन्ने विश्वास दिलाएका थिए ।

तीनवर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरिरहदाँ यसले निक्कै आरोह अवरोह छिचोल्दैं र अनेक सारागारा अप्ठयारा परिस्थितिलाई चिर्दैं सफलता पूर्वक यहाँसम्म आइपुगेको उनले बताए ।

कार्यक्रममा मेरो मेचीनगर डटकमका प्रबन्ध निर्देशक एवम् सहसम्पादक सुजन प्रधान, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएस (एन–प्याब्सन) झापाका सचिव भगिरथ राई, नेपाल स्काउट मेचीनगरका संयोजक रीता थापा लगायतको सहभागिता रहेको थियो ।

हव डिजिटल मिडिया प्रालिका अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सम्पादक लक्ष्मी उप्रेतीले र सञ्चालन अनलाइनका प्रधान सम्पादक दुर्गाबहादुर लुईटेलले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार