मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको तयारी तीव्र

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१९ माघ २०८१, शनिबार

झापा भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म खेल आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृत दिएसँगै आयोजक प्रतियोगिताको अन्तिम ब्यवस्थापनमा जुटेको हो ।

भद्रपुर झापा गोल्डकपका कार्यसमिति सदस्य एवं फुटबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक भद्रपुर निवासी स्व. गम्भीर राईको स्मृतिमा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिएका छ्न् । राईको २०८१ साउन १३ गते असामयिक निधन भएको थियो ।

स्व. गम्भीर राई स्मृति संस्करणको मुख्य प्रायोजक सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल रहेका छ्न् । झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सफल तुल्याउन नेपालकै अग्लो ताल (तिलिचो ताल) सम्म ब्यानर पुर्याउँदै देशभरिका फुटबल पारखीहरुलाई प्रतियोगिता हेर्न आयोजकले आह्वान गरिसकेको छ । यस पटकको प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा विभागीयसहित नेपालका ६ वटा ए डिभिजन क्लब, भुटान र बंगलादेशका एक एक टिम तथा झापा ११ र आयोजक भद्रपुर ब्लेजर्सको सहभागिता रहने गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

पहिलो संस्करण २०७९ मा निकै ठूलो चर्चा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य हुनेगरी आयोजना गर्न लागिएको अध्यक्ष ढकालले बताए ।

जेष्ठ नागरिक र फरक क्षमता भएकालाई निःशुल्क प्रवेश, दर्शकलाई टीभीएस मोटरसाइकल
यस पटक जेष्ठ नागरिक र फरकक्षमता भएकालाई निःशुल्क प्रवेश तथा टिकट लिएर प्रतियोगिता हेर्ने  दर्शकमध्ये एक जना भाग्यशालीलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने भएको छ । 

साथै नेपाल सुनचाँदी व्यवसायी संघ झापाको प्रायोजनमा प्रत्येक म्याचका (आठ वटा खेल) लागि टिकट काट्ने दुई जनालाई भाग्यचिठ्ठाद्वारा चाँदीको सिक्का प्रदान गरिने तथा फाइनल म्याचका लागि एक जना भाग्यशाली दर्शकलाई सुनको सिक्री प्रदान गरिने गोल्डकपका अध्यक्ष ढकालले बताए ।

 प्रतियोगिताको पहिलो संस्करण गत २०७९ फागुन ७–१६ गतेसम्म भव्य ढंगले सम्पन्न भएको थियो । झापाको मेची रंगशालामा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी एफसीले जितेको  थियो । विजेता त्रिभुवन आर्मीले नगद रु  १३ लाख हात पारेको थियो ।

मोफसलका दर्शक र समर्थकको माया अपार
यो प्रतियोगिता आयोजनाका लागि स्थानीय दर्शक र समर्थकको माया अपार रहेको आयोजकले जनाएको छ । 

आयोजकले दर्शक र समर्थकको सहयोगबाटै प्रतियोगिता आयोजना गर्न पाएकोसमेत बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार