मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

एमाले बलियो हुन एकताबद्ध भएर अघि बढ्नु पर्ने-ओली

देश प्रदेश डेस्क 5475+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बलियो हुनको लागि एकताबद्ध भएर अघि बढ्नु पर्ने बताएका छन् । 

नेकपा एमाले दमक नगर कमिटी झापाको दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई दमकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले  एमालेलाई आफ्नो लक्षमा पुग्न आन्तरिक एकता आवश्यक रहेको  भनाइ छ ‘त्यसका लागि आन्तरिक एकता चाहिन्छ, पार्टीमा एकता चाहिन्छ, एकताबद्ध पार्टी हाम्रो मूल मन्त्र हो’, ओलीले भने ।

ओलीले एमालेको लक्ष मिसन २०८४ भएकोले एमालेको ध्यान अहिले अन्त कतै नभएको बताए । मिसन २०८४ भनेको तीनवटै तहमा एमालेको बहुमतको सरकार भएको पनि उनले स्पष्ट पारे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनताको मन जित्ने गरी एकताबद्ध भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।

ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेको विषयलाई लिएर पक्राउ नगरिएको स्पष्ट पारे। सो विषयलाई लिएर प्रोपोकाण्डा मच्चाउन आवश्यक नरहेको उनले बताए । सिारोहियालाई गरिएको पक्राउ सञ्चारमाथिको हमला भनेर चर्चा गर्नु गलत भएको उनको भनाइ छ । ‘विषय त अर्कै छ, फौजदारी कुरा होला त्यो त, यसबारेमा सरकारले छानबिन गर्नुपर्ने देख्यो, त्यही भएर अनुसन्धानमा तानेको हुनुपर्छ’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार