मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

भद्रपुरमा १०८ महाआरती हुने

देश प्रदेश डेस्क 5351+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

झापा मन्दिरकाे  वार्षिक उत्सव तथा महाशिवरात्रीकाे अवसर पारेर पहिलाे पटक १०८ महाआरती हुने भएकाे छ । भद्रपुर –९ स्थित जमदार चाेक पुहाँतुबारीमा रहेकाे श्रीरामेश्वर शिवपाञ्चायन मन्दिर  समावेशी धाममा  महाआरतीसहित सांगीतिक भजन साँझ  हुने भएको हाे ।

यही फागुन २५ गते शुक्रबार महाशिवरात्रीको अवसरमा धाम परिसरमा सांगीतिक भजन साँझ तथा महाआरती हुने साेमबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएकाे थियाे । धामको आयोजना र जमदारचोक युवा परिवारको सहआयोजनामा सांगीतिक भजन साँझ तथा महाआरती हुने धाम निर्माण तथा व्यवस्थापन समिति अध्यक्ष सरोज निरौलाले जानकारी दिए ।

कार्यक्रम सफल बनाउन सहयोगी एवम् धार्मिक व्यक्तित्वहरुबाट सहयोगको मुख्य अपेक्षा गरिएकाे   अध्यक्ष निरौलाले बताए ।

कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको  जमदारचोक युवा परिवारका अध्यक्ष पदम अधिकारीले बताए । खर्च व्यवस्थापनका लागि देशविदेशमा रहेका विभिन्न दाताहरुबाट स्वेच्छिक सहयोग संकलन गरिरहेको  उनले जानकारी दिए ।

वि.सं. २०६० सालमा महाशिवरात्रीकै दिन स्थापना गरिएको मन्दिरले बर्सेनि महाशिवरात्रीका दिन विविध कार्यक्रम गर्दै आइरहे पनि याे वर्ष फरक ढङ्गले गर्न लागिएकाे समितिकाे भनाइ छ ।

करिब ६ कठ्ठा क्षेत्रफलमा रहेको मन्दिरलाई धामको रुपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको व्यवस्थापन समिति उपाध्यक्ष गोपालकृष्ण भट्टराईले बताए ।

कोशी प्रदेश सरकारको सहयोगमा मन्दिर परिसरमा बहुउपयोगी सामुदायिक भवन निर्माणाधीन अवस्थामा रहेकोले  भवनलाई पूर्णता दिन संघ, प्रदेश र स्थानीय सरकारसमक्ष पहल भइरहेको जनाइएकाे छ ।

 पहिलो पटक महाआरती गर्न लागिएको र आवश्यक सामग्री भारतको बनारसबाट आउने क्रममा रहेको जनाइएको छ । महाआरतीपश्चात धार्मिक वक्ताबाट शिव महिमा वाचन हुनेछ भने सांगीतिक साँझ अन्तरगत पुष्पन प्रधान र कृपा पौडेलले संगीतमय भजन गाउने जनाइएको छ ।कार्यक्रम सफल बनाउँन भव्य तयारी गरिरएकाे पाइएकाे छ ।

गुरुकूल सञ्चालनको लक्ष्य लिएको धाममा हाल १५ वर्षसम्मका ४० जना बालबालिकाले नैतिक र आध्यात्मिक शिक्षा समेत लिइरहेका छन् ।

प्रतिक्रिया

देवीप्रसाद दाहाल २१ फाल्गुन २०८०, सोमबार

अति उत्तम कार्यको शुभारम्भ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै