मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

हिमालयन बैंकमा रहेको सेयर बेच्ने प्रयासमा हबिब बैंक

देश प्रदेश डेस्क 5469+ समाचार ( )
१९ मंगशिर २०८०, मङ्गलबार

पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेच्ने भएको छ।

हबिबले हिमालयनमा रहेको आफ्नो १२.९३ प्रतिशत बेच्ने तयारी गरेको हो।

हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गर्ने तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पुष्टि गरेका छन्।

‘यो आजदेखिको तयारी होइन। यसपटक फेरि पनि राष्ट्र बैंकसमक्ष हबिबले सेयर बिक्रीका लागि आवेदन दिएको छ,’ राणाले भने।

गत शुक्रबार हबिब र हिमालयन रि-इन्स्योरेन्सबीच सेयर खरिद-बिक्रीको सम्झौता भएको हो। बैंकको सेयर प्रतिकित्ता १ सय ३० रूपैयाँको दरमा बिक्री हुन लागेको बुझिएको छ। 

हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर २०७६ सालमा नै बिक्री गर्ने प्रयास गरेको थियो। सो समय बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सिडिसी) ले सेयर खरिद गर्ने पक्का भएको थियो। तर सो समय बैंककै एक सञ्चालकबाट अवरोध भएपछि सफल हुन सकेको थिएन। पछि कर्मचारी सञ्चय कोषले समेत सो सेयर किन्ने बताएको भए पनि सो प्रयास समेत सफल हुन सकेन। सिभिल बैंकसँगको मर्जरपछि अहिले सेयर बिक्री गर्दा हबिब बैंकले पुँजीगत लाभकर छुट समेत पाउने छ। यही कारण राष्ट्र बैंकले तत्कालै यो बिक्रीलाई स्वीकृति नदिने सम्भावना पनि देखिएको छ। 

आर्थिक ऐन २०८० को संशोधनसहितको आयकर ऐन-२०५८ ले गाभिएर २०८० सालभित्र कारोबार सुरू गर्ने बैंक तथा वित्तीय संस्था लगायतमा रहेको सेयर दुई वर्षसम्म बिक्री गर्दा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छ। सरकारको राजस्व गुमिरहेको कारण हबिबले बिक्रीका लागि मागेको स्वीकृति नदिन सक्ने सम्भावना छ।हाल हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रूपैयाँ छ। सिभिलसँग मर्जरअघि हिमालयनमा २० प्रतिशत स्वामित्व रहेको हबिबको हाल १२.९६ प्रतिशत स्वामित्व छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार