मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भद्रपुरमा जंगली हात्तीको आक्रमणमा परेर युवक घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
५ आषाढ २०८२, बिहीबार

झापाको भद्रपुर नगरपालिका वडा नं. १० फुलबारी गाउँमा एक युवक जंगली हात्तीको आक्रमणमा परेर घाइते भएका छन्।

स्थानीय २१ वर्षीय बिशाल सोरेन फुलबारीस्थित आफ्नो कार्यस्थलबाट साँझ करिब ७:४५ बजे घर फर्कँदै गर्दा एक जंगली हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट उनको कम्मर, टाउको, र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ। घाइते अवस्थामा उनलाई तत्कालै प्रादेशिक अस्पताल भद्रपुरमा ल्याइएको हो। हाल सोरेनको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। उनी हाल बोल्न सक्ने अवस्थामा छन्।

घटनापछि अस्पतालमा निजका हजुरबुवा पनि उपस्थित रही उपचारमा संलग्न छन्।

 जंगली हात्तीको त्रास बढ्दो

फुलबारी क्षेत्र वन नजिकै रहेकाले यस क्षेत्रमा जंगली हात्तीको गतिविधि बारम्बार देखिँदै आएको छ। यसअघि पनि खेतबारी तथा बस्तीमा हात्ती प्रवेश गर्ने घटना भएका थिए।

 स्थानीयको माग

स्थानीय बासिन्दाहरूले वन कार्यालय र सुरक्षा निकायसँग जंगली जनावर नियन्त्रणको लागि तत्काल कदम चाल्न माग गरेका छन्। समयमै व्यवस्थापन नगरे जनधनको क्षति बढ्ने खतरा रहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै