मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |
मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |


झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२० श्रावण २०८३, बुधवार

झापा  नेपाललाई पुनः वैदिक सनातन हिन्दूराष्ट्र घोषणा गर्न तथा धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय पहिचानको संरक्षणका लागि पहल गर्न माग गर्दै झापाका विभिन्न धार्मिक संघ–संस्थाहरू एकजुट भएका छन्।

श्री वैदिक सनातन धर्म संरक्षण समिति, नेपाल केन्द्रीय समिति झापाको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालय झापा मार्फत नेपाल सरकारलाई पाँचबुँदे ज्ञापनपत्र बुझाउदै उक्त माग गरेकाे हो।

समितिका अध्यक्ष रामप्रसाद ओझाको नेतृत्वमा जिल्ला तथा स्थानीय तहका समितिहरू, अर्जुनधारा जलेश्वर धाम, विवेकाश्रम चारपाने, कनकाई धाम विकास समिति, सनातन धर्म सेवा समिति लगायतका धार्मिक संस्थाका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।

ज्ञापनपत्रमा नेपालको ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत पहिचानलाई सम्मान गर्दै देशलाई पुनः वैदिक सनातन सापेक्ष हिन्दूराष्ट्र घोषणा गर्न आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउन माग गरिएको छ। साथै धार्मिक द्वेष, हिंसा तथा सामाजिक अशान्ति फैलाउने व्यक्ति वा समूहविरुद्ध निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न, मठ–मन्दिर, गुरुकुल, गुठी, तीर्थस्थल तथा अन्य धार्मिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि प्रभावकारी नीति लागू गर्न आग्रह गरिएको छ।

त्यस्तै, सनातन वैदिक संस्कृति, संस्कार, परम्परा तथा राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न तथा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउने नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरिएको छ।

ज्ञापनपत्रमार्फत नेपाल विश्वमै सनातन वैदिक सभ्यता, संस्कृति र आध्यात्मिक परम्पराको महत्वपूर्ण केन्द्रका रूपमा परिचित रहेको उल्लेख गर्दै देशको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै संविधान २०७२ ले व्यवस्था गरेको धर्मनिरपेक्ष राज्य प्रणालीका कारण नेपालको परम्परागत धार्मिक तथा सांस्कृतिक पहिचान कमजोर बन्दै गएको धारणा समेत व्यक्त गरिएको छ।


त्यसैगरी, देशका विभिन्न स्थानमा समय–समयमा धार्मिक विवाद हुनु, वैदिक सनातनीहरुको आस्थामाथि अपमानजनक गतिविधि हुनु, मन्दिरका अर्चकहरुको हत्या गरिनु, वसुधैव कुटुम्बकम्को भाव लिएका हिन्दु धर्मावलम्बीहरुमाथि साङ्घातिक हमला हुनु र समुदायबीच तनाव उत्पन्न गर्ने जस्ता अत्यन्तै अक्षम्य घटनाहरू सार्वजनिक भइरहेको उल्लेख गरिएको छ ।  शान्ति र सद्भावप्रेमी हिन्दु समुदायमाथि हुने यस्ता घटनामा संलग्न जोसुकै व्यक्ति वा समूह भए पनि कानुनको दायरामा ल्याई निष्पक्ष अनुसन्धान र कारबाही गरिनुपर्छ भन्ने विज्ञप्तीमार्फत स्पष्ट माग गरिएको छ ।



नेपालको संविधानले सबै नागरिकलाई धार्मिक स्वतन्त्रता र संस्कृतिको रक्षा गर्न पाउने स्पष्ट व्यवस्था र अधिकार दिएको उल्लेख गर्दै सबै धर्मावलम्बीको सुरक्षा र अधिकारको समान रूपमा संरक्षण हुनुपर्ने माग राखिएको छ ।
सम्पूर्ण वैदिक सनातनीहरुको प्रतिनिधित्व गर्ने धार्मिक संस्थाहरु शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक माध्यमबाट आफ्ना विचार तथा मागहरू राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ । ज्ञापनपत्रमा उल्लेखित मागका विषयहरूप्रति नेपाल सरकारले गम्भीर भई आवश्यक पहल गरी नेपाल राष्ट्रको विश्व समुदायमा भएको चिनारी र बहुसङ्ख्यक जनताको मर्मलाई आत्मसात गर्दै मुलुकको रक्षाका लागि अबिलम्ब सम्बोधनका माग गरिएको अध्यक्ष ओझाले बताए ।
 जिल्लाभरीबाट प्रतिनिधिमुलक ज्ञापन पत्र दिन प्रशासन पुगेका थिए । कार्यक्रमको सहजीकरण गर्दे केन्द्रीय वरिष्ठ उपाध्यक्ष अग्नीप्रसाद सिग्देलले ज्ञापन पत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Jagdish bhatt २१ श्रावण २०८३, बिहीबार

Very Very Very good work जय देश जय नरेश

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार