मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

श्रीकृष्ण द्धैपायन गुरुकुल वेद्याश्रमका पूर्व विद्यार्थी मञ्चद्धरा भद्रपुरमा संस्कृत सम्भाषण शिविर सम्पन्न

देश प्रदेश डेस्क 5218+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

झापा देशमा आ–आफ्ना भाषाहरु प्रयोग भइरहेको अवस्थामा संस्कृत भाषाको प्रयोग कम भएको बिषयलाइ मध्यनजर गर्दै झापामा संस्कृत सम्भाषण शिविर सञ्चालन  सुरु गरिएको छ । बाल्यकालदेखि संस्कृत नै अध्ययन गरेर विभिन्न धार्मीक अनुष्ठान गरिरहेपनि व्यवहारिक रुपमा भाषाको कम प्रयोग हुदै आएकोले झापाको भद्रपुर ६ स्थित श्रीकृष्ण द्धैपायन गुरुकुल वेद्याश्रममा अध्ययनरत पूर्व विद्यार्थी मञ्चले यो अभियान सुरु गरेको हो ।

एकबर्ष अघि  गठन गरेको मञ्चले यहि साउन १६ गतेबाट श्रीकृष्ण द्धैपायन गुरुकुल वेद्याश्रममा अध्ययनरत ८० जना विद्यार्थी(बटुक)लाइ एक साता प्रशिक्षण दिएको थियो । आचार्य दिपेन्द्र गौतमले प्रशिक्षण दिएका थिए ।
मञ्चले बुधबार श्रीकृष्ण द्धैपायन गुरुकुल वेद्याश्रममा मञ्चका अध्यक्ष उमेश गुराँगाईको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा शिविरको समापन गरेको छ ।
कार्यक्रममा श्रीकृष्ण द्धैपायन गुरुकुल वेद्याश्रमका संकल्प कर्ता एवम संस्थापक अध्यक्ष गणेश भट्टराई र उनकी धर्मपत्नी सकुन्तलालाइ संस्थामा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै अविनन्दन पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्कृत भाषामा बटुकहरुले स्वागत गित र सुजन न्यौपाने स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि प्रवेश पौडेलले प्रष्ट पार्दै विगत र हालको गुरुकुलका बारेमा स्मरण गराएका थिए ।
प्रशिक्षक गौतमले शिविर मार्फत भाषाको उच्चतम प्रयोग गर्न टेवा पुयाएको जनाए । यस्ता शिविर समय समयमा आयोजना हुन अनिवार्य रहेको उनले धारणा राखे । संस्थापक अध्यक्ष भट्टराइले गुरुकुल स्थापनाको समयमा गरेका संघर्षका बारेमा गहभरी आँसु पार्दै मन्तव्य मार्फत जानकारी गराएका थिए ।
कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलले संस्कृत भाषाको जर्गेना गर्नका लागि स्थानीय सरकार तत्पर रहेको जनाए भने उपप्रमुख राधा कार्कीले धर्ममाथि चारैतिरबाट प्रहार भइरहेकोले सवै एकजुट नभए धर्म बचाउन समस्या हुने बताइन् ।

सचिव पिताम्बर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्ष राजेन्द्र प्रसाद चापाँगाई,श्रीकृष्ण द्धैपायन गुरुकुल वेद्याश्रमका प्राध्यापक महेन्द्र भट्टराई, वडाअध्यक्ष रतिया राजवंशी, श्रीकृष्ण द्धैपायन गुरुकुल वेद्याश्रमका बर्तमान अध्यक्ष शान्ता वराल, सहभागी प्रशिक्षार्थी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका आचार्य,पण्डित,पुरोहित ,श्रीकृष्ण द्धैपायन गुरुकुल वेद्याश्रमका कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Prabesh Poudel २३ श्रावण २०८१, बुधवार

हार्दिक धन्यवाद तथा आभार देशप्रदेश खबरलाई।

pitamber adhikari २३ श्रावण २०८१, बुधवार

जयतु संस्कृतम्🥰

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै