मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

मेचीनगरको शिविरमा १९९ जनाको आँखा परीक्षण

देश प्रदेश डेस्क 5476+ समाचार ( )
११ पौष २०८०, बुधवार

झापा झापाको मेचीनगर वडा नं. २ मा बुधबार सम्पन्न शिविरमा १९९ जनाको आँखा परीक्षण गरिएको छ । वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको एक दिवशीय आखाँ परीक्षण शिविरमा १३५ जना महिला र ६४ जना पूरुषको आँखा परीक्षण गरिएको मध्ये १६ जनाको आँखामा मोतिया बिन्दु भेटिएको थियो ।

मेचीनगर ६ काँकडभिट्टास्थीत दिव्यज्योति आँखा अस्पतालको प्राविधिक सहयोग रहेको शिविरमा सहयोगी संस्था इनर व्हिल क्लब अफ मेचीनगरले २० हजार मुल्य बराबरको औषधी उपलब्ध गराएको इनर व्हिल क्लबकी अध्यक्ष दुर्गा आचार्य देवकोटाले बताए। शिविरमा आँखा परीक्षण सहित कानको परीक्षण समेत निशुल्क गरिएको थियो भने औषधी समेत निशुल्क उपलब्ध गराईएको देवकोटाले जानकारी दिए।

मेचीनगर २ को स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा आँखा परीक्षणबाट चस्मा लगाउनु पर्नेहरुलाई न्यूनतम शुल्कमा चस्मा समेत उपलब्ध गराइएको थियो । मोतिया बिन्दु भएकाहरुलाई दिव्यज्योति अस्पतालले निशुल्क अप्रेशन गरिदिने व्यवस्था मिलाएको मेचीनगर २ का वडा अध्यक्ष दिपक बरालले बताए । वडा अध्यक्ष बरालका अनुसार अप्रेशनका लागि अस्पतालसम्म पुग्न बिरामीहरुका लागि वडा कार्यालयकै तर्फबाट सवारी साधनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार