मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१३ भाद्र २०८३, शनिबार

झापा / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ६६९ पुगेको छ। नेपाल प्रहरीले शनिबार, भदौ १३ गते अपराह्न ४ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित विभिन्न जिल्लाबाट ६६९ जनाको शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै २४८ जनाको शव फेला परेको छ। यस्तै पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्र तथा नदी किनारका जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार, खोज तथा शव संकलनमा परिचालित छन्। प्रहरीले हालसम्म २ हजार ३०१ जना घाइते तथा प्रभावितको उद्धार गरिएको जनाएको छ।

यस्तै, बाढीपछि २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ। बेपत्ताको खोजी, थप शवको पहिचान तथा जोखिमयुक्त क्षेत्रमा उद्धार कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ।

भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीसम्म बाढीको प्रभाव फैलिएकाले नदी तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा शव भेटिएका हुन्। विशेषगरी चितवन र नवलपरासीका नदी किनारमा भेटिएका कतिपय शवको पहिचान हुन बाँकी रहेको जनाइएको छ। मृतकको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ। कठिन भौगोलिक अवस्था, नदीको बहाव र मौसमका कारण खोज तथा उद्धारमा चुनौती कायम रहे पनि सुरक्षाकर्मीले अभियानलाई तीव्र बनाएका छन्।

प्राकृतिक विपत्तिपछि बेपत्ता आफन्तको अवस्था पत्ता लगाउन परिवारजन चिन्तित बनेका छन्। सरकारले राहत, उद्धार, शव पहिचान तथा पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। खोज तथा उद्धार अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार