मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

भेषराज नेपाल 84+ समाचार ( )
१४ जेठ २०८३, बिहीबार

झापा / नेपालमै पहिलो पटक क्यान्सर रोगको औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ उत्पादन गरी विदेश निर्यात सुरु गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित जायोडिन बायोटेक उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधिमा प्रयोग हुने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात थालेको जनाएको हो।

उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीका अनुसार अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको उक्त कच्चा पदार्थ परीक्षण तथा अनुमति प्रक्रिया पूरा गरेर भारत पठाउन सुरु गरिएको हो। स्वदेशी लगानीमा करिब रु १ अर्ब ३० करोडको लागतमा उद्योग सञ्चालनमा आएको बताइएको छ।

उद्योगले लौठसल्लो (यु वृक्ष) प्रशोधन गरी ‘टेन डब्लु थ्री’ नामक सहायक पदार्थ तयार पारेर त्यसबाट ‘प्याक्लिट्याक्सल’ र ‘डोसीट्याक्सल’ जस्ता क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण कच्चा पदार्थ उत्पादन गरेको जनाएको छ। हेटौँडाको बसामाडीस्थित इभान्स लाइफ साइन्स उद्योगबाट प्रारम्भिक प्रशोधन गरिएको सामग्री चितवन ल्याएर पुनः प्रशोधन गरिने गरिएको छ।

मंगलबार मात्रै करिब दुई किलो पाँच सय ग्राम ‘सेभेन ट्रक प्याक्लिट्याक्सल’ भारत निर्यात गरिएको उद्योगले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य प्रतिकिलो रु ८ लाखदेखि २५ लाखसम्म पर्ने बताइएको छ।

उद्योगले भविष्यमा पाकिस्तान, बंगलादेशलगायत अन्य एसियाली मुलुकमा समेत निर्यात विस्तार गर्ने योजना बनाएको जनाएको छ। नेपालका ४० देखि ४५ जिल्लामा पाइने लौठसल्लोबाट वार्षिक दुईदेखि तीन हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने उद्योगको दाबी छ।

हाल नेपालमा क्यान्सर उपचारका धेरै औषधि विदेशबाट आयात हुँदै आएका छन्। पछिल्लो समय क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ जस्ता औषधिको अभाव भइरहेका बेला नेपालमै कच्चा पदार्थ उत्पादन र निर्यात सुरु हुनु औषधि क्षेत्रमा सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार