मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

काठमाडौंमा सरसफाइको लागि फोहोर टिप्ने दौड

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

झापा काठमाडौंमा एक हजार युवाको सहभागितामा फोहोर टिप्ने प्रतियोगिता भएको छ । मैनादेवी फाउन्डेसनको आयोजनामा गत वर्ष देखि सुरु भएको ‘काठमाडौं ट्रया्स कलेक्सन रेस’मा यसपटकको ठुलो संख्यामा सहभागी भएका हुन् ।

फोहोर टिप्ने प्रतियोगिताको विजेता विक्रम खड्का र अभिषेक खड्काको जोडी भएको छ । उनीहरुले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै पारस महतो र पप्प कुमार महतोले दोस्रो स्थान हासिल गरेका थिए । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने तेस्रो हुने लक्ष्मी दनाई र वर्षा भण्डारीको जोडीले १५ हजार रुपैयाँ प्राप्त गरे ।

फाउडेसनका अनुसार नक्सालस्थित नारायण चौरबाट सुरु भएको फोहोर खोज्दै, बोक्दै ७५ मिनेटमा ४ किलोमिटरमा दौडनुपर्ने र जसले धेरै फोहोर जम्मा गर्यो उहि विजेता हुने नियम रहेको थियो ।

नागपोखरी, नारायणहिटी दरबारको प्रमुखद्वार, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटल हुँदै पुनः नारायणचौरमा पुगेर दौड सकिएको थियो । प्रतियोगितामा २ सय नेपाल प्रहरीबाट सहभागी भएका थिए भने बाँकी नाम टिपाएर आएका सहभागी थिए ।

‘शहर सरसफाई गर्ने उद्देश्यले प्रत्येक वर्ष फोहोर बोकेर दौडने प्रतियोगिता आयोजना गरेका हौं । यहाँ जो पनि सहभागी हुन पाउँछन र यो निःशुल्क हो । यसपटक धेरै आकर्षण देखियो, सडकमा फोहोर नभेटेर केहि साथीहरुले पसल र घरबाट फोहोर समेत माग्दै हिँडेको देखियो,’ फाउन्डेसनका अध्यक्ष रहेका अभियान्ता केपी खनालले  भने ।

उनले काठमाडौंमा सरसफाईको स्तर सुधार भएको भन्दै अघिल्ला वर्ष १ हजार केजी फोहोर जम्मा हुँदा यो पटक ३५० केजी मात्रै जम्मा भएको सुनाए ।

‘यो रमाइलोको लागि भन्दा पनि सरसफाईको सन्देशको लागि भएको प्रतियोगिता हो । काठमाडौं महानगर मात्रै नभई देशभरी यो प्रतियोगिता सञ्चालन गर्नुपर्ने हामीले देखेका छौं । सरसफाई गर्ने र फोहोर नगर्ने हाम्रो उद्देश्य हो,’ खनालले भने ।

दौड सञ्चालन गर्न ८ लाख खर्च लागेको भन्दै खनालले नेपाल टेलिकम, काठमाडौं महानगर लगायतको सहयोग रहेको बताए ।

नेपाल प्रहरी महानिरिक्षक वसन्त कुँवरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल सहितको उपस्थिती रहेको थियो । प्रतियोगितामा ३ सय स्वयंसेवक परिचालन भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार