ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ”

देश प्रदेश डेस्क 5160+ समाचार ( )
२० जेठ २०८३, बुधवार

झापा / पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध गठन भएको सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गर्ने कडा विराेध गरेका छन्। उनले आयोगले बोलाए पनि कुनै हालतमा बयान नदिने स्पष्ट चेतावनी दिएका छन्।

उनले नयाँ पार्टीका नेता र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति वर्तमान सरकारले लिएको भन्दै पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको बताए । 

बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिन आयोग बनाएर राज्यले छानिछानि फसाउन खोजेको बताए । यस्ता अयाोगलाई आफूले नमान्ने र बयान पनि नदिने उनले बताए । उनले आयोगको प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै यसलाई “पूर्वाग्रही र राजनीतिक प्रेरित” भएको आरोप लगाएका छन्।

यसअघि नै उच्चस्तरीय छानबिन आयोगले पूर्व प्रधानमन्त्री ओलीसहित प्रमुख नेताहरूको सम्पत्ति तथा आर्थिक विवरणमाथि अनुसन्धान अघि बढाएको थियो।

तर ओलीले हालको अभिव्यक्तिसँगै आयोगसँग सहकार्य नगर्ने स्पष्ट संकेत दिएका छन्। ‘अरुले बयान दिए पनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन।  यो पूर्वाग्रहको पोको हो,’ उनले भने ।  

राजनीतिक विश्लेषकहरूका अनुसार पूर्व प्रधानमन्त्रीको यस्तो अडानले छानबिन प्रक्रियामै प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ। विपक्षी दलहरूले भने यसलाई “कानुनी प्रक्रियामाथिको चुनौती” भन्दै कडा प्रतिक्रिया जनाउन सक्ने देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार