मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ

देश प्रदेश डेस्क 5303+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

झापा / सुदन गुरुङले राज्य सञ्चालनमा जिम्मेवारी वहन गर्ने कुनै पनि निकाय वा व्यक्तिले गल्ती गर्न नहुने बताएका छन्। उनले गल्ती भए त्यसको जवाफदेहिता अनिवार्य हुने स्पष्ट पार्दै सरकार सुशासनप्रति प्रतिबद्ध रहेको बताए।

 बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले कानून कार्यान्वयनमा कुनै पनि किसिमको लापरवाही सह्य नहुने उल्लेख गरे। “जनताको सुरक्षा र विश्वास कायम राख्नु हाम्रो पहिलो दायित्व हो, त्यसमा कमजोरी देखिए कडाभन्दा कडा कारबाही हुन्छ,”  ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ उनले भने।

उनले सुरक्षा निकायलाई निर्देशन दिँदै जनताको हितविपरीत कुनै कार्य नगर्न र पारदर्शिताका साथ काम गर्न आग्रह गरे। पछिल्लो समय विभिन्न घटनामा देखिएको कमजोरीप्रति संकेत गर्दै उनले सुधारका लागि सरकार गम्भीर रहेको बताए।

भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु खटिएर समातेको तर अदालतले छाडेकोमा उनले असन्तुष्टि पोखे ।

‘रातभर दुई आईजीपी म बसेर काम गर्‍यौं । अहिले स्वाट्ट अदालतले छाडिदियो । हाम्रो दु:ख खेरे गयो’, उनले भने ।

विभिन्न कानूनका कुराहरु आउँदा रहेछन् । अहिले म यसरी काम गरेको छु आफैं कानून अध्ययन गर्न थालेको छु । ‘अब भोलिका दिनमा समाउँदा यो कारण, यो कानूनले छाड्न मिल्दनै भनेर कम्तीमा भन्न त पाइयोस्’, उनले भने ।

अहिले यही कारणले गर्दा भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए । ‘अहिले कानून अध्ययन गरिरहेको छु । भोलि समाउँदा अदालतले छाड्न नसक्ने गरी काम गर्न लागिएकाले भीआईपीमाथिको कारबाही सेलाए जस्तो देखिएको हो । तर गल्ती गर्नेलाई कारबाही रोकिँदैन’, उनले भने ।

गृहमन्त्री गुरुङले सरकारको प्राथमिकता सुशासन, शान्ति सुरक्षा र जनविश्वास मजबुत बनाउनु रहेको उल्लेख गर्दै सबै निकायलाई जिम्मेवार भएर काम गर्न आह्वान गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार