मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

मनमोहन प्राविधिक विश्वविद्यालयले उत्पादन गर्याे भिक्सलगायत अन्य ‍औषधि

देश प्रदेश डेस्क 5475+ समाचार ( )
११ आषाढ २०८२, बुधवार

झापा / माेरङकाे बुढीगंगमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले मनमोहनको नाम दिएर भिक्स बाम र सञ्चो उत्पादन गरेको छ तर आधिकारिक रूपमै यसको नाम भने राखिएको छैन ।

सञ्चो, भिक्स र बाम जस्ता वस्तु उत्पादन गरेर बजार लैजाने योजना रहेको विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले बताए । उनले भने, ‘यदि प्रदेश सरकारले अनुमति दिन्छ भने हामी तयार छौं, हाम्रो टिमले काम गरिरहेको छ ।’

विश्वविद्यालय तहमा मनमोहनको प्रयास फरक रहेको उनले बताए । नेपालका अरु विश्वविद्यालयले यसरी उत्पादन नगरेको उनले बताए । ‘मनमोहनले सानो प्रयास गरेको छ, यो  हाम्रो आफ्नै फर्मुला हो,’ उनले भने, ‘जडीबुटी उत्पादनको क्षेत्रमा मनमोहन विश्वविद्यालयले ठूलो काम गर्नसक्छ ।’

जडीबुटी उत्पादनमा विद्यार्थीलाई प्रयोग गरिने पोखरेलले बताए । ‘यहाँका विद्यार्थीलाई प्रयोग गरेर कमाउँदै पढ्दै कार्यक्रमअनुसार कमाउने वातावरण विश्वविद्यालयले बनाउँछ,’ उनले भने, ‘घण्टाको हिसाबले काम गराउने र त्यसको रकम फिमा घटाउने योजना छ, पकेटमा दिने होइन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार