मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

बाबुको नागरिकता नै शङ्कास्पद
झापामा छोरीको भन्दा आठ वर्षपछि बुबाको नागरिकता

देश प्रदेश डेस्क 5095+ समाचार ( )
११ भाद्र २०८०, सोमबार

झापा झापा कचनकवल गाउँपालिका–१ (साबिक घेराबारी–५) का एक परिवारले फरक–फरक स्थानबाट नागरिकता लिएपछि बाबुको नागरिकतामा प्रश्न उठेको छ ।

कचनकवल–१ का रमेशकुमार शर्माले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७१ साल फागुन १६ गते दाजुको नागरिकता, नाता प्रमाणित र बसाइँसराइको कागजात पेश गरेर नागरिकता लिएको देखिन्छ । तर, उनको नागरिकता शङ्कास्पद देखिएको छ । उनको नागरिकतामा बाबुको नाम जगदिश शर्मा लेखिएको छ । तर, नागरिकता लिएको स्थान कचनकवल–१ को वडा कार्यालयमा उनको कुनै अभिलेख नरहेको सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष महावीर लिम्बू बताउँछन् । उनले भने, ‘वडाबाट सिफारिस लगेको नगदी रसिद तिरेको कुनै पनि अभिलेख भेटिएन ।’ कुनै समय झापाको केर्खामा हार्डवेयर व्यवसाय गर्दै आएका शर्मा हाल भारतको सिलिगुडीमा व्यापार गर्दै आएको बुझिएको छ ।

उनले नागरिकता लिएको सम्बन्धित कार्यालय जिल्ला प्रशासनमा पनि कागजातहरू फेला नपरेको जिल्ला प्रशासनको नागरिकता फाँटले जनाएको छ । उनको नागरिकतामा प्रशासकीय अधिकृत सुरेश आचार्यले हस्ताक्षर गरेका छन् । वंशजका आधारमा शर्माले लिएको नागरिकता नम्बर ०४–१०–७१–००१११ उल्लेख छ । शर्माको नागरिकता शङ्कास्पद देखिएको सूचना आएपछि गरिएको स्थलगत खोजीमा प्रमाण फेला पर्दै गएको हो ।

सूचनापश्चात् उनको नागरिकताको विषयमा जिल्ला प्रशासनमा जानकारी लिँदा नागरिकताको विषयमा ०७८ भदौ २५ गते जिल्ला प्रशासनमा उजुरी परेको फाँटका कर्मचारीले जानकारी दिए । निवेदन परिसकेपछि जिल्ला प्रशासनले शर्मालाई उपस्थित गराई जानकारी लिँदा नागरिकता हरायो भन्ने जवाफ दिएपछि पुनः ०७८ असोज १० गते तत्कालीन प्रशासकीय अधिकृत मोहनलाल पनेरूको हस्ताक्षरमा प्रतिलिपि नागरिकता प्राप्त गरेको देखिएको छ । सो नागरिकता प्रशासनको मुद्दा फाँटले खिचेर राखेको छ ।

अचम्म चाहिँ के छ भने उनले घेराबारी गाउँ विकास समिति वडानम्बर ५ ठेगाना (हाल कचनकवल–१) उल्लेख गरी नागरिकता लिए पनि उनको छोरीभन्दा पछाडि नागरिकता लिएको भेटिएको छ । यस्तै छोराले पनि फरक ठेगानाबाट नागरिकता लिएका छन् । त्यसमा पनि थप शङ्का गर्ने ठाउँहरू रहेको सम्बन्धित क्षेत्रका अधिकारीहरू बताउँछन् । शर्माका छोरी शालुले जन्मस्थान दमक नगरपालिका–१२ देखाई जन्मका आधारमा इलाका प्रशासन कार्यालय दमकबाट २०६३ साल फागुन १८ मा नागरिकता लिएको भेटिएकोे छ । टोली प्रमुख ज्ञानेन्द्रराज ओझाको नाम नागरिकतामा उल्लेख भए पनि ओझाको हस्ताक्षर र कार्यालयको छाप भने देखिँदैन । शालुको नागरिकता नम्बर ०४०३०४४÷३४८ उल्लेख छ । उक्त नागरिकतामा भने बाबुको नाम रमेश शर्मा मात्रै छ । बीचको नाम ‘कुमार’ हटेको छ ।

त्यस्तै छोरा शौरभको जन्मस्थान कनकाई नगरपालिका–८ र हालको बसोबास दमक नगरपालिका–११ देखाएर ०७३ जेठ २५ मा इलाका प्रशासन कार्यालय दमकबाट नै वंंशजका आधारमा नागरिकता लिएको देखिन्छ । नागरिकतासम्बन्धी उजुरी परेपछि शर्माले ०७९ चैत्र १ गतेसम्म तारिख धाएको र त्यसपछि उपस्थित नभएको मुद्दा फाँटका कर्मचारीले जानकारी दिए । पछिल्लो पटक शुक्रबार जिल्ला प्रशासनको सम्पर्कमा आएका शर्मालाई एकहप्ताभित्र प्रमाण पुग्ने कागजात नल्याएमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने फाँटका कर्मचारीले निर्देश गरेको जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यालयको नागरिकता प्रतिलिपि फाँटबाट प्रतिलिपि लिएको देखिएको प्रशासकीय अधिकृत दयाकृष्ण ढकालले बताए । नागरिकताको प्रतिलिपि लिनलाई सम्बन्धित वडाको सिफारिस नभए पनि नागरिकता जारी गर्ने अधिकृतले चिनजानका आधारमा दिनसक्ने उनले जनाए । प्रतिलिपि लिनका लागि त्यस्तो कुनै नियम नरहेको उनको भनाइ छ । उजुरी परेपछि प्रमाण जुटाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनको नागरिकताको विषयमा प्रमाण जुटिसकेपछि मात्र टुङ्गोमा पुगिने उनले जानकारी दिए । ब्लाष्ट खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार