मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समिति विघटन

देश प्रदेश डेस्क 5469+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

झापा / नेपाल स्काउटका देशभर रहेका सबै तहका परिषद् तथा कार्यकारी समितिहरू विघटन गरिएका छन्

नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्णयअनुसार देशभरका राष्ट्रिय परिषद्, प्रदेश परिषद् र स्थानीय परिषद्का साथै सबै तहका कार्यकारी समितिहरू खारेज गरिएका हुन्। 

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले एक सूचना जारी गर्दै २०८३ साल श्रावण ५ गतेको निर्णयअनुसार यी सबै समितिहरू विघटन भएको आधिकारिक जानकारी दिएको छ। स्काउटको विद्यमान संरचनालाई नयाँ ढङ्गले अगाडि बढाउन, सांगठनिक बेथिति अन्त्य गर्न र संस्थालाई थप गतिशील एवं सुदृढ बनाउन सरकारले यो कदम चालेको हो। यसै प्रक्रियाअन्तर्गत सरकारले रिक्त रहेको नेतृत्व सम्हाल्न र निर्वाचनको वातावरण बनाउन सन्तोष कुमार थापालाई नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा नियुक्त समेत गरिसकेको छ। यो आमूल परिवर्तनसँगै लामो समयदेखि आन्तरिक विवाद र राजनीतिक चलखेलमा फसेको नेपाल स्काउटको संरचनालाई नयाँ ऐन र नियमअनुसार पुनर्गठन गर्ने बाटो खुला भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार