मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |
मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |


झापाका सिडिओ र एसपीलाई इन्सेकले सुनायाे कैदीबन्दी र थुनुवामाथि हुने कुटपिटको घटना

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ आषाढ २०८२, सोमबार
झापा  इन्सेक झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको समीक्षा कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी र प्रहरी उपरीक्षक राजन लिम्बुकै सामुन्नेमा जिल्ला कारागार र प्रहरी हिरासतभित्र कैदीसँगै थुनुवामाथि कुटपिट हुने गरेको गुनासो राखिएको छ ।

सहभागीहरुले विभिन्न घटनामा पक्राउ गरेका थुनुवा र मुद्धा फैला भएका, पुर्पक्षाका लागि थुनामा गएका कैदीबन्दीहरुमाथि भित्रै कुटपिट हुने गरेको विषय जानकारी गराए ।

 उनीहरुको मानव अधिकार संरक्षणमा चासो दिन आग्रह गरिएको छ । कारागारभित्र रहेका कैदीवन्दीका परिवारहरुले मासिक रुपमा पैसा समेत पठाउनु परेको विषय समीक्षा कार्यक्रममा उठेको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धसमीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले हिरासतमा हुने दुर्ब्यवहारका घटनाप्रति प्रहरी सचेत रहेको बताएका छन् । प्रहरी पनि अहिले मानवअधिकार संरक्षणमा चनाखो रहेको बताए । प्रहरीलाई लाठ्ठी चार्ज समेत नगर्न भन्ने गरिएको छ, उनले कतै कमजोरी भएको खण्डमा सुधार गर्दै जाने बताए ।

प्रजिअ अधिकारीले कारागार भित्रै कसैले पैसा बुझाउनु परेको भए जानकारी गराउन आग्रह गरेका छन् । कारागारभित्र पैसा बुझाउनुपर्ने अवस्था नरहेको दावी गरे । कारागारभित्रको आन्तरिक प्रशासन कैदीहरुले नै हेर्ने र उनीहरुको निगरानी कारागार प्रशासनले गर्ने उनको भनाई छ । कारागारको विभिन्न समयमा अनुगमन गरिरहेको बताउदै उनले त्यस प्रकारको कुनै सूचना आएमा जानकारी दिन भनेका छन् ।

कारागारमा कैदीबन्दीको संख्या धेरै भएको स्वीकार गर्दै प्रजिअ अधिकारीले अपराध घटाउनका लागि सबैको तर्फबाट अभियानहरु सञ्चालन हुनुपर्ने बताए । उनले झापामा लागुऔषधको माग धेरै भएकै कारण कारोवार बढिरहेको जानकारी दिए । हरेक नागरिक यस समस्याप्रति सचेत हुनुपर्ने र सबै परिवारले आफ्नो छोराछोरीको ख्याल गर्नुपर्ने उनको धारणा थियो । कारोवारी गर्नु अपराध हो, प्रयोगकर्तालाई सुधार गर्नुपर्छ उनले थपे ।

कार्यक्रममा सहभागीहरुले सुधारका बारेमा पनि विभिन्न समस्याहरु राखेका थिए । प्रजिअ अधिकारीले सुधार गृहहरु चित्त बुझ्दो छैन भन्दै सुधारका लागि निर्देशन समेत दिदैं आएको बताए ।

प्रहरी उपरीक्षक राजन लिम्बूले लागुऔषध नियन्त्रणमा नेपाल प्रहरी सक्रिय हिसावले लागेको बताए । उनले समुदायको समेत सक्रियता जरुरी रहेको भन्दै उनले प्रहरी मानव अधिकार संरक्षणमा प्रतिवद्ध रहेको बताएका छन् । कारागारभित्र पैसा बुझाएको, कुटपिट भएको भन्ने विषयमा निगरानी गर्ने बताए ।

कार्यक्रममा मेनपावर र कन्सल्टटेन्सीहरुको अनुगमन हुनुपर्ने, मानवअधिकार सचेतना शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने, बालबालिका, महिलाहरुको असुरक्षा, पहिचानवादीहरुको मुद्धाको विषय उठेको थियो । झापामा भइरहेको जातीय विभेदका घटना, पालिकाहरुमा मानव अधिकार सेल गठन लगायतका विषयवस्तुहरु कार्यक्रममा चर्चा गरिएको थियो ।

इन्सेक झापाका प्रतिनिधि नरेश खातीले २०२५ जनवरी १ देखि जुन महिनासम्मको जिल्लाका घटना विवरण प्रस्तुत गरेका थिए । उनले ३४ वटा मानवअधिकारजन्य घटनामा ३४ जना नागरिक पीडित भएको जानकारी दिए ।

हत्या १, बलात्कार १८, बलात्कार प्रयास २, बालयौन दुरुपयोग ५, कारागारमा मृत्यु १, बहुविवाह ५, कुटपिटका २ वटा घटना भएको खातीले जानकारी दिए । उनले जिल्लाका समस्याहरुको बारेमा समेत बुँदागत प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार