मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

दुई चेलीद्वारा जाजरकोटका ७ सय बढी परिवारलाई राहत वितरण

देश प्रदेश डेस्क 5303+ समाचार ( )
४ मंगशिर २०८०, सोमबार

झापा गत कार्तिक १७ गते राती ११ बजे आएको भूकम्पले जाजरकोट र रुकुममा ठुलो मात्रामा क्षति पुर्याएकाे थियाे।

उक्त भूकम्पमा परि सयाैंले अकालमा ज्यान गुमाए भने हजाराैं नागरिकहरू घरबार विहिन भए ।घरबार विहिन भएकाहरू अहिले पनि खुला आकाशमुनी बस्न बाध्य छन्। कठ्याङ्ग्रिने चिसाेमा स्थानीयहरु खुला आकाशमा रात बिताउँदै आईरहेका पीडित परिवारका लागि सामाजिक अभियान्ता रीता शाही र लक्ष्मी बाेगटीले राहत संङ्कलन गरेर उनीहरूलाई मलमपट्टी लगाउने काम गरिरहेक छन्।

भुकम्प गए लगत्तै सामाजिक अभियातान्ता शाही र बाेगटी प्रभावित क्षेत्रमा पुगि त्यहाँका स्थानीय पीडितहरुसङ्ग भेटघाट गरि उनीहरुकाे आवश्यकता अनुसारकाे राहत हस्तान्तरण गरिरहेकी छन्। स्वदेश तथा विदेशमा बस्ने विभिन्न सहयोगी दाताहरूकाे सहयोगमा शाही र बाेगटीकाे समन्वयमा जाजरकोटकाे नलगाड नगरपालिका वडा नम्बर १ देखि ८ नम्बर वडाका ६ सय बढी परिवारलाई र जाजरकोट आठविसे नगरपालिकाका ७० बढि परिवारलाई ६ लाख बराबरकाे राहत वितरण गरेको अभियान्ता शाहीले जानकारी दिईन्।

जाजरकोट र रुकुमका पहिलो चरण ११ दिन बसेर दुई जना महिला मात्र विभिन्न वडामा सहयोग वितरण गरेको बताएकी छन्।सहयोगमा १ लाख बढि जाजरकोट र रुकुमका मृतक गर्भवती र सुत्केरी महिलालाई नगद हस्तान्तरण गरिएको थियोे भने, बाँकी परिवारलाई आवश्यकता अनुसार खाद्यान्न त्रिपाल, सिरक, डसना ,खाद्यान्न ,खानेकुरा ,बालिकालाई चिसोमा लगाउने न्यानो लुगा ,पिफमहरु बाेगटी र शाहीले घरमै गएर हस्तान्तरण गरेको शाहीले जानकारी दिईन्।

भाईटीकाकाे पछिल्लाे दिन शाही र बाेगटी भुकम्प प्रभावित क्षेत्रमा पुगेर लगातार पीडितहरुकाे घर दैलाेमा पुगेर सहयोग हस्तान्तरण गरिरहेका छन्। सामाजिक अभियान्ता शाही पेशाले एउटा स्वास्थ्यकर्मी हुन।भुकम्प प्रभावित क्षेत्रमा सुनाैला हजार दिनका आमा गर्भवती र सुत्केरीलाइ उनीहरुलाई मानसिक असर नपराेस भनेर स्वास्थ्य परामर्श समेत दिईरहेकी छन्।

स्वास्थ चेकचाँज ,सुइ लागाउने कुरा पाेषण जस्ता कुरामा समेत शाहीले परामर्श दिएकि छन । शाही र बाेगटी विगत लामो समय देखि देशका विभिन्न ठाउँमा सेवा गर्दै आइरहेकी छन् ।

लक्ष्मी बाेगटी कैलाली गाैरीगांगा नगरपालिकाकी हुन भने शाही बाजुरा बुढिगंगा नगरपालिकाकी बासिन्दा हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार