मुख्य समाचार
श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या |

झापा मालपोतमा प्रमुखसमेत जान हिच्किचाउने अवस्था

देश प्रदेश डेस्क 5353+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

झापा । भद्रपुरस्थित तत्कालीन भूमि सुधार तथा मालपोत कार्यालय हाल भूमि प्रशासन कार्यालय डेढ महिनादेखि प्रमुखविहीन बनेको छ । त्यति मात्र नभएर कार्यालयको संगठन संरचनाअनुसार यहाँ चार जना अधिकृतको दरबन्दी रहे पनि हाल दुई जना मात्र कार्यरत छन् । कार्यालय प्रमुखको जिम्मेवारी रिक्त रहँदा प्रशासनिक तथा निर्णय प्रक्रियामा समेत प्रभाव परेको स्वयम कर्मचारीहरू बताउँछन् ।   कार्यालय प्रमुखदेखि सामान्य कर्मचारीसम्म आफ्नो अनुकूलको मालपोत कार्यालय रोज्न राजनीतिक पहुँचदेखि प्रशासनिक शक्ति प्रयोग गर्नेसम्मका प्रयास गरेको प्रशस्तै उदाहरण छन् । मालपोतमा कार्यरत हुनु प्रतिष्ठा, अवसर र प्रभावसँग जोडिएर हेर्ने गरिन्थ्यो । 
भूमि प्रशासनसँग प्रत्यक्ष जोडिएको मालपोत कार्यालय कुनै बेला अत्यधिक आर्थिक चलखेल, राजनीतिक तथा प्रशासनिक प्रभाव र सेवाग्राहीको भीडका कारण सबैभन्दा ‘आकर्षक’ कार्यालयका रूपमा चिनिन्थ्यो । 
तर, समय फेरिएको छ । अहिले अवस्था ठीक उल्टो बनेको छ । कुनै बेला कर्मचारी–कर्मचारीबीच नै तँछाडमछाड गर्दै प्रतिस्पर्धा गरी मालपोत कार्यालयमा जानु पाउनु पर्ने भन्नेहरू अहिले त्यहाँ जानै रुचाउँदैनन् । यसले मालपोत प्रशासनभित्र आएको परिवर्तन र त्यसका कारणबारे नयाँ बहस सुरु गराएको छ । अहिले झापा जिल्लामा समेत यस्तै अवस्था देखिएको छ ।
भूमि प्रशासन कार्यालयमा सामान्यतया अधिकृत स्तरका कर्मचारीले कम्तीमा दुई वर्ष कार्य अवधि पूरा गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्ला डेढ वर्षमा कर्मचारीहरू उक्त अवधि पूरा नहुँदै सरुवाका लागि पहल गरी अन्य कार्यालय जान थालेका छन् । भूमि प्रशासन कार्यालयमा रहेको कार्यालय प्रमुखहरूको नामावली सूचि अनुसार २०८१ कार्तिकदेखि २०८३ जेठ २५ गतेसम्म चार जना कार्यालय परिवर्तन भइसकेका छन् । राजेशप्रसाद पोखरेलले २०८१ कार्तिक ५ देखि २०८२ जेठ २७ गतेसम्म जिम्मेवारी निर्वाह गरी सरुवा भएर गएका थिए । 
पोखरेल ८ महिना लामो टिके पनि त्यसपछिको एक वर्षभित्र तीन जना कार्यालय प्रमुख परिवर्तन भइसकेका छन् । ०८२ असार १ गते टिकामणि नेउपाने कार्यालय प्रमुख आएका थिए । उनी असोज ३१ गते सरुवा लिएर गए । ०८२ कार्तिक १३ गते लेवन काश्यप अधिकारी आएका थिए । उनी पनि माघ १२ गते सरुवा लिएर गए । त्यसपछि विभागले सुवास श्रेष्ठलाई माघ १४ गते झापा पठाए । उनी पनि छोटो समय बस्दै २०८३ जेठ २५ गते सरुवा लिएर मेचीनगर नगरपालिका गएका छन् । भूमि प्रशासनमा अहिले दुईजना अधिकृतहरु युवराज कट्टेल र दिलबहादुर भुजेल कार्यरत छन् । सूचना अधिकारी तोकिएका कट्टेलले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेका छन्, भने भुजेललाई गुनासो सुन्ने अधिकारी तोकिएका छन् ।  
कार्यालय प्रमुख नहुँदा भूमिसुधार, राजस्व बाँडफाँट  र प्रशासनिक कामकाजमा प्रत्यक्ष प्रभाव परेको लेखा अधिकृत लक्ष्मी दाहालले बताए । अहिलेसम्म विभागले पठाउने कार्यालय प्रमुखको भने टुङ्गो लागि नसकेको लेखा अधिकृत दाहालको भनाई छ । कार्यालय प्रमुखविहीन बनेको भूमि प्रशासनमा दुई जना नायव सुब्बाले अधिकृतको जिम्मेवार पाएर रजिष्ट्रेशन पास गरिरहेका छन् । नायव सुब्बाहरू भानुभक्त भट्टराई र सुरेशकुमार सुवेदीले रजिष्ट्रेशन पास गर्ने अधिकार पाएका छन् ।

जग्गा रोक्का र फुकुवा सम्बन्धी काम बैंक आफैले अनलाइनमार्फत गर्न थाल्दा सेवाग्राहीले तीन दिनसम्म कुर्नु पर्ने बाध्यता रहेको छ । 
 मालपोत कार्यालयमा समस्यै समस्या छ ।  बदलिँदो प्रशासनिक संस्कृति, कडा निगरानी र प्रविधिमैत्री सेवा प्रणालीले सरकारी कार्यालयहरूको पुरानो छवि कसरी परिवर्तन गरिरहेको छ भन्ने उदाहरणका रूपमा मालपोत कार्यालयलाई लिन थालिएको  छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार