मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

भद्रपुरमा धरहरास्वरुपमा ६५ औँ काली पुजाको भव्य तयारी

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२२ कार्तिक २०८०, बुधवार

झापा झापाको भद्रपुरमा धरहराको स्वरुप निर्माण गर्दै ६५ औँ काली पुजाको भब्य तयारी गरिएको छ । भद्रपुर ५ र ६ नम्बर वडा स्थित भद्रपुरको सिकन्दर मार्केट परिसरमा पुजाको तयारी गरिएको हो ।
सार्वजनिक काली पुजा समिति मार्फत ६५ औँ वर्षको पुजा समापनका लागि यतिवेला धमाधम फलामका सामग्रीबाट धरहरा निर्माण गरिदैँछ । नजिक आइरहेको दीपावलीलाइ मध्यनजर गरी आइतबार मध्यराती कालीमाताको भव्य रुपमा पुजा गरिने, सोमबार र मङ्गलबार प्रसाद वितरण गरिने ,भारतको चर्चित डायनामिक व्याण्ड  र सेक्सोफोन लगायतको प्रस्तुती हुने आयोजक समितिका सञ्जय घोष बताउँछन् । ६४ वर्षसम्म यही स्थानमा पुजा गरिदै आइरहेको र यो वर्ष भने धरहरा निर्माण गरेर झनै आर्कषक बनाएको उनको भनाइ छ ।
राजु पाण्डल लाइट फ्लावर डेकोरेसनले  भारतका अनुभवी कालीगढ मार्फत धरहरा निर्माण गरिरहेको समितिका सदस्य मानष घोषले बताए । धरहराको जमिनमा कालीको मूर्ति राखिनेछ भने बाहिर– भित्र आर्कषक लाइटिङको व्यवस्था गरिएको उनले जनाए ।  
भद्रपुरका युवाहरुले ऐतिहासिक रुपमा धरहराको स्वरुप बनाएर लाखौँ खर्च हुदा समेत स्थानीय तह र केही उद्योगी व्यापारीले वास्ता नगरेको प्रति गुनासो पोखेका छन् । लाइट ,साउण्ड तथा डेकोरेसन,पाण्डल मूर्ति,पुजारी,पुजा प्रसाद वितरण, ढाक पुजा, पुजा सामग्री लगायत अनुमानित ५ लाख भन्दा बढी खर्च हुने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार