मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

धरानमा १४ वर्षिया किशोरीको हत्या , आमा गम्भीर घाइते

देश प्रदेश डेस्क 5487+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा  धरानमा एक १४ वर्षिया किशोरीको हत्या भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् ।

आज दिउँसो किशोरीको खुकुरी प्रहार गरेर हत्या भएको हो । उनीहरुलाई संखुवासभा खाँदबारीका बबिन बरालले अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।खुकुरी प्रहारबाट आमा सिर्जना राई र उनकी १४ वर्षीया छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारको क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाकी आमा सिर्जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने ३३ वर्षीय बराललाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार