मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापामा ट्रकसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
७ आषाढ २०८२, शनिबार

झापा /  झापाकाे पूर्वपश्चिम राजमार्ग रतुवा पुलमा ट्रकसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कमल –५ बस्ने ३० वर्षीय सुशिल राईकाे मृत्यु भएकाे हाे ।

प्रहरीका अनुुुसार गएराति ९.३० बजे कमल गाउँपालिका–५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा सोही दिशातर्फ आउँदै गरेको मे ९ प ८९०४ नम्बरको मोटरसाइकल सो ट्रकमा ठक्कर खाई गम्भीर घाइते भएका थिए ।उनलाई निम्स अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा बीएण्डसी अस्पताल लैजाने क्रममा दमक –६ गणतन्त्र चोकमा आफन्तले मृत्यु भइसकेको शंका लागेर पुनः निम्स अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव दमक अस्पताल दमकमा राखिएको छ भने ट्रक घटनास्थलमै रहेको छ । तत्काल फरार रहेका ट्रक चालक अर्जुनधारा –७ बस्ने ५३ वर्षीय रघुनाथ सिटौला इलाका प्रहरी कार्यालय दमकको सम्पर्कमा आई नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार