मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

कचनकवलमा सशस्त्र प्रहरीद्वारा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सम्पन्न

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१९ आषाढ २०८२, बिहीबार
झापा सशस्त्र  प्रहरी बल, नेपाल नं २ गण हेक्वा झापाले कचनकवल गाउँपालिकामा समुदाय विपद् स्वयंसेवक तालिम सम्पन्न गरेकाे छ ।

कचनकवल गाउँपालिकाको सहकार्यमा जेठ ३० गतेबाट सुरू गरिएकाे १८ दिने तालिम विहीबार सम्पन्न गरेकाे हाे ।

विपद् स्वयंसेवक आधारभुत तालिम पाठ्यक्रम २०८१  बमोजिम खोज तथा उद्धारमा खटिने स्वयंसेवकको क्षमता विकास गर्नुका साथै विपद् स्वयंसेवकहरुलाई स्तरीय आधारभुत तालिम प्रदान गरिएकाे सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेक्वा झापाका  डिएसपी सुमन पाेखरेलले जानकारी दिए ।  तालिममा कचनकवलका सातै वडाको प्रतिनिधित्व हुने  गरी २१ जना सहभागी रहेकाे उनले जनाए ।

तालिममा प्रशिक्षार्थीहरुलाई विपद्को परिचय, नेपालमा घट्न सक्ने सम्भावित विपद्हरु, विपद् व्यवस्थापनमा , विपद्को समयमा अन्य सरोकारवाला निकायहरुसँग गरिने समन्वय, भत्केका संरचनाहरुमा गरिने खोज तथा उद्धार, जल उत्पन्न प्रकोप र त्यसमा गरिने उद्दार, डोरीद्वारा गरिने उद्दार, अग्नि नियन्त्रण, प्राथमिक उपचार तथा सडक दुर्घटना जोखिम न्यूनिकरण लगायत विविध विषयहरु समावेस गरी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएकाे उनले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बल, नेपाल १ नम्बर बराह बाहिनीका डिआइजी कुमार न्याैपाने रहेका थिए ।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेक्वा झापाका एसपी तुलबहादुर भण्डारी ,जिल्ला प्रहरी कार्यालय झापा एसपी राजन लिम्बु ,गाउँपालिकाका अध्यक्ष राजवंशी लगायतले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै