मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

एमाले महाधिवेशनमा मतदान सकियो, साढे १० बजेसम्म नतिजा आउने

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३ पौष २०८२, बिहीबार

। एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सकिएको छ । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले मतदान प्रक्रिया सकिएको बताए ।निर्वाचनमा २ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मत हालेको पनि सदस्य पोखरेलले जानकारी दिए । उनले भने, ‘२ हजार २ सय २७ मत खसेको छ । ३६ जना अनुपस्थित हुनु भएको छ ।’

आज बिहान साढे १० बजेसम्म नतिजा सार्वजनिक हुने पनि उनको भनाइ छ । ‘कुनै समस्या नआएका साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्छौँ । अहिले हामी मेसिन लक गरेर रुजु गर्ने काममा लागिरहेका छौँ । त्यसपछि प्रमाणीकरणसहित सिलबन्दी हुनेछ । अनि सबैको सहमतिपछि मतगणना सुरु गरिहाल्छौँ।’

हिजो बिहान ९ बजेर १२ मिनेटमा सुरु मतदान रातिभर चलेको थियो । छिटोछरितो नतिजा निकाल्ने विद्युतीय भोटिङ मेसिनको प्रयोग गरे पनि सोचेजस्तो हुन सकेन । जसका कारण तीन दिनमा सक्ने भनिएको महाधिवेशन थप दुई दिन लम्बिएको हो। ३ सय १ केन्द्रीय कमिटी र १९ पदाधिकारीमध्ये ११ जना निर्विरोध भइसकेका छन्‌ ।

प्रतिनिधिले २ सय ९० लाई छान्नुपर्नेछ । यस पटक निर्धारित उम्मेदवारलाई मतदान नगरी अघि बढ्न नमिल्ने सेटिङ मेसिनमा भएकाले कुनै उम्मेदवारलाई मत नहाली अघि बढ्न नमिल्ने बनाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार